प्रमाणपत्र लिँदै गर्दा गगन थापालाई सुझाव,‘कपनको बाटो छिटो बनाउनुस्’


“
काठमाडौं, मंसिर २३ । देशभर प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणाम आउँदै गर्दा काठमाडौँ क्षेत्र नम्बर–४ बाट विजयी भइसकेका काँग्रेस नेता गगन थापालाई भने चौतर्फी सुझावको ओइरो आएको छ ।
शनिबार विजयी र्यालीमा सहभागी भएर निर्वाचन आयोगबाट प्रमाण पत्र लिएका थापालाई आम सर्वसाधरणले एक पटक फेरि जिताएर पठाएको प्रतिक्रिया दिएका छन् । कांग्रेस समर्थक, कार्यकर्ताले थापाको जीत पश्चात काठमाडौंमा विजयी उत्सवको र्याली निकालेपनि थापालाई भोेट खसाल्ने आम सर्वसाधरणहरु त्यति खुसी देखिएनन् । किनकि अघिल्लो पटक पनि आफूले कपनको भयंकर विकास गर्ने बाचा गरेपनि पूरा गरेका छैनन् ।
वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा.राजन भट्टराईलाई ३ हजार चार सय १८ मतअन्तरले हराएका थापालाई बधाइभन्दा पनि सल्लाह र सुझावहरु ओइरिएका छन् । ०७० सालको निर्वाचनपछि कपनको सडकलाई पक्की, धुलो र हिलोरहित बनाउने बाचा खाएका थापाले फेरि विजय हासिल गरेपनि त्यहाँको सडकको अवस्था ज्यू का त्यु नै रहेको छ । अहिले थापालाई पहिलो सुझाव यहीँ आएको छ ‘कपनको बाटो छिटो बनाउुस ।’
त्यसो त सामाजिक सञ्जालमार्फत् आम सर्वसाधरणले आफूहरुलाई कपन सडकखण्ड विस्तार पहिलो चरणमा हुनुपर्ने प्रक्रिया दिएका छन् । काँग्रेसका थापाले २१५५८ मत ल्याउँदा बाम गठबन्धनबाट एमालेका राजन भट्टराईले १८१४० मत ल्याउन सफल भएका थिए । सर्वसाधारणले गगनजस्तै दर्जनौ बाम र लोकतान्त्रिक गठबन्धनबाट विजयी भएका उम्मेद्वारहरु सबैले देश विकासमा ‘त त र म म’ नगरी हातेमालो गरेर अघि बढ्नुपर्ने पनि सुझाव दिएका छन् ।
पढ्नुस् प्रतिक्रियाहरु :
“
