चार पटकसम्म हारेका कृष्णगोपाललाई बाम गठबन्धनले राहत दिलायो

काठमाडौं, मंसिर २२ । पहिलो र दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहदा देशमा बाम गठबन्धनको जित अग्र पंक्तिमा रहेको देखिन्छ । हालसम्म प्रतिनिधि र प्रदेश सभाका धेरै ठाउँमा बाम गठबन्धनले जित हासिल गरेको छ भने २÷३ स्थानमा मात्रै काँग्रेसले जित हात पारेको छ । त्यसो त बाम गठबन्धनअघि जे जस्तो चर्चा र परिचर्चा गरिएपनि एमाले र माओवादीलाई राहतै राहत मिलेको देखिन्छ । यस्तै ०५१ पश्चात् पटक पटक हार व्यहोरेका एमाले उम्मेद्वार कृष्णगोपाल श्रेष्ठ पनि त्यसका ज्वलन्त उदाहरण हुन् ।

०५१ सालदेखि लगातार चार पटकसम्म चुनाव हारेका श्रेष्ठले पहिलो पटकको प्रतिनिधिसभा चुनावको मीठो स्वाद चाखेका छन् । काठमाडौं क्षेत्र नम्बर–९ मा उनी काँग्रेसका उम्मेद्वार ध्यानगोविन्दलाई भारी मतले पछि पार्दै विजयी भएका छन् । उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले पछि पार्दै पाँच वर्षका लागि सांसद चुनिएका छन् ।

कृष्णगोपालले २२ हजार ८५२ मत ल्याउँदा ध्यानगोविन्दले १४ हजार ८०२ मत पाउन सफल भएका छन् ।

को हुन् श्रेष्ठ ?

कृष्णगोपाल र ध्यानगोविन्द चिरपरिचित प्रतिस्पर्धी हुन् । उनीहरुबीच काठमाडौं क्षेत्रनम्बर ७ मा ०५१ को चुनावमा भिडन्त भएको थियो जसमा कृष्णगोपालले बाजी मारेका थिए ।

तर ०५६ को चुनावमा कृष्णगोपाल ७ नम्बर क्षेत्रबाटै तिर्थराम डंगोलसँग पराजित भए । त्यसपछिका लगातार तीनवटा चुनावको परिणाम पनि कृष्णगोपालको पक्षमा आएन ।

०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभा चुनावमा कांग्रेसका ध्यानगोविन्दले कृष्णगोपालसँग बदला लिए ।

त्यतिमात्रै होइन काठमाडौं क्षेत्रनम्बर २ मा भएको उपचुनावमा पनि कृष्णगोपाल हारेका थिए । दुई स्थानबाट विजयी एमाले नेता माधव नेपालले काठमाडौं २ छाडेपछि भएको उपचुनावमा कृष्णगोपाल उम्मेदवार थिए । उपचुनावमा उनी कांग्रेसका दिपक कुइँकेलसँग पराजित भएका थिए ।

तर संविधान जारी भएपछि नेपालमा पहिलोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा भने कृष्णगोपालले जित निकाल्न सफल भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *