बागलुङ–२ को प्रदेशसभा ‘ख’मा जनमोर्चाका घर्ती विजयी

बागलुङ, मंसिर २२ । बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘ख’मा साझा वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका छन् ।

घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित शेरचनले ८ हजार ६२४ मत प्राप्त गरेका छन् ।

बाँकी दुई प्रतिनिधिसभा र तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि साझा वाम उम्मेदवारले फराकिलो मतसहित अग्रता हासिल गरेका छन् ।

सबै क्षेत्रको अन्तिम मतपरिणाम शनिबार बिहानसम्म आइसक्ने जनाइएको छ । जिल्लामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए । कांग्रेसले भने एक्लै चुनाव लडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *