सुनसरी ३ मा गच्छदार भन्दा १४०० मतले भगवति अगाडी

सुनसरी, मंसिर २३ ।  सुनसरीकाे चारवटै निवार्चन क्षेत्रमा मतगणना जारी रहदा पछिल्लाे समय सार्वजनिक भएकाे प्रतिनिधी एवम प्रदेश सभाकाे मत परिणाम अनुसार २ क्षेत्रमा नेपाली कांग्रेस र २ क्षेत्रमा नेकपा एमालेले  सुरूवाती अग्रतालार्इ कायम राखेकाे छ । सुनसरीकाे क्षेत्र नं र ३ मा गठबन्धनका उम्मेद्वारहरू भारी मतले अग्रस्थानमा देखिएका छन भने क्षेत्र नं २ र ४ मा कांग्रेसका उम्मेद्वारहरू  अग्रस्थानमा देखिएका छन ।

प्रदेश नं एककाे अधिकांस जिल्लाहरूमा बाम गठबन्धन अगाडी देखिएपनि सुनसरी सबै क्षेत्रमा पुरै मत परिणाम सार्वजनिक नहुन्जेल बिजयी कस्काे भन्न नसकिने अवस्था रहेकाे छ । शनिबार बिहान ५ बजे जिल्ला निर्वाचनकाे कार्यालय सुनसरीले दिएकाे मत परिणाम यस्ताे छ ।

सुनसरीको ताजा परिणाम

सुनसरी १ 

प्रतिनिधिसभा तर्फ
एमालेका जयकुमार राई ३८५८
संघिय फोरमका अशोककुमार राई २२४८
प्रदेशसभा तर्फ
एमालेका प्रदिपकुमार भण्डारी ३०२३
नेपाली कांग्रेसका किशोर राई २८४१

क्षेत्र नं.२ मा प्रतिनिधिसभा तर्फ

नेपाली कांग्रेस सिताराम मेहता ३७६८
माओवादी केन्द्रका डम्मरु सुवेदी २९९५

क्षेत्र नंवर ३ मा प्रतिनिधिसभा तर्फ

एमाले भगवति चौधरी ५१४५,

बिजय गच्छदार ३७०७

क्षेत्र नंवर ४ प्रतिनिधिसभा तर्फ

कांग्रेसका ज्ञानेन्द्र कार्की ५२६७
एमालेका रमेश श्रेष्ठ ३९६६

प्रदेश तर्फ

एमालेका जगदिश कुसियत ४८०३
कांग्रेसका रेवती दुलाल ४०४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *