‘कंगारुले गरेको शैक्षिक मेला नितान्त फरक हुन्छ’ तिमल्सीना


विदेशमा उच्च शिक्षा हासिल गरी स्वदेश आएर सेवा गर्ने धेरै विद्यार्थीको चाहना छ । प्लस टु गरी सकेका ब्याचलर, मास्टर्स गर्न विदेश गएर अन्तर्राष्ट्रिय डिग्री हासिल गर्ने पछिल्ला विद्यार्थीहरूको सोच हो । अहिले नेपालबाट वार्षिक २० हजार बढी विद्यार्थी Abroad Study कै लागि विदेश गइरहेका छन् । Abroad Study मा जाने अधिकांश विद्यार्थीहरूले अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजलेण्ड जस्ता देशहरू रोजेको पाइन्छ । यी देशहरूमा जानका लागि विद्यार्थीलाई सही दिशानिर्देश गर्ने काम शैक्षिक परामर्श व्यवसायी संस्थाहरूले गर्दै आइरहेका छन् ।
विगत १० वर्षदेखि विद्यार्थीलाई सही परामर्श दिँदै आइरहेको कंगारु एजुकेशन फाउण्डेशनले Abroad Study मा जान चाहने विद्यार्थीलाई लक्षित गरी जनवरी २३ (माघ ९) मा शैक्षिक मेलाको आयोजना गर्दैछ ।
राजधानीको अन्नपूर्ण होटेलमा हुन गइरहेको शैक्षिक मेलामा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड र युरोपका २० भन्दा बढी विश्वविद्यालय, सरकारी तथा निजी कलेजहरूको प्रत्यक्ष जानकारी पाउने छन् । आफू जान चाहेको देशको शैक्षिक प्रणाली, नेपाली विद्यार्थीले पाउने छात्रवृत्ति, कलेज, विश्वविद्यालय छनौट देखि आवश्यक कागजात निर्माणमा सहजिकरणका साथै भिसा प्रक्रियाका बारेमा समेत विद्यार्थीले परामर्श लिन सक्ने कंगारु एजुकेशन फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत/संस्थापक महेशबाबु तिमल्सीनाले बताउनु भएको छ । उहाँसँग यसै सन्दर्भमा गरिएको कुराकानीको संक्षेपः
शैक्षिक मेला आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
जो विद्यार्थी उच्च शिक्षाका लागि Abroad Study मा जान खोजिरहेछन् उनीहरूलाई सही परामर्श र निर्देश गर्नका लागि आउँदो जनवरी २३ (माघ ९ गते) हामीले दरबारमार्गको अन्नपूर्ण होटेलमा शैक्षिक मेलाको आयोजना गरेका छौँ । हामीले विगत १० वर्षदेखि देखि Abroad Study मा जाने विद्यार्थीलाई दक्ष, अनुभव र मान्यता प्राप्त परामर्शदाताबाट परामर्श दिँदै आइरहेका छौँ । कंगारुले विद्यार्थीलाई IELTS, TOEFL, PTE, SAT जस्ता अन्तर्राष्ट्रिय कोर्स समेत अध्यापन गराउँदै आएको छ । हामीले नेपालमा सात र अस्ट्रेलियामा दुई गरी नौँ ओटा कार्यालयमार्फत सेवा दिँदै आएका छौँ ।
विद्यार्थीहरूमा अध्ययनको पहिलो रोजाई अस्ट्रेलिया नै भएकाले कंगारुले स्थापना कालदेखि अस्ट्रेलियाका ख्याति प्राप्त विद्यालय र विश्वविद्यालयसँग समन्वय गरेर त्यहीँकै काउन्सलरद्वारा विद्यार्थीलाई परामर्शसँगै अध्यापन गराउँदै आएको छ । कंगारुले अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई नेपालमै बोलाएर विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट मार्फत परामर्श दिने गरेको छ । यसै सिलसिलामा आउँदो जनवरी २३ (माघ ९ गते) हुन गइरहेको शैक्षिक मेलामा नेपाली विद्यार्थीलाई अष्ट्रलियाका २० विश्वविद्यालयका आधिकारिक परामर्शदाताबाट परामर्श लिनसक्ने व्यवस्था गरिएको छ ।
नेपाली विद्यार्थीहरू बाहिर जानुमा उच्च शिक्षा र रोजगार मध्ये प्राथमिकतामा कुन कुरा परेको छ ?
अहिलेसम्म कंगारुबाट गएका अधिकांश विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न भनेर नै विदेश गएका छन् । र, हामीले विद्यार्थीलाई काउन्सेलिङ गर्ने बेलैमा ‘विदेश अध्ययनका लागि जाने है’ ! भनेर नै काउन्सेलिङ गर्छौँ । विद्यार्थी भिसामा गएका विद्यार्थीले पैसा कमाउने सोच राख्छ भने त्यो गलत हो । अस्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, अमेरिका जस्ता देशमा अध्ययनरत रहँदा विद्यार्थीले साताको निश्चित घण्टामात्र काम गर्न पाउँछन् भने, बिदाको समयमा फुल टाइम काम गर्न पाउँछन् । यसले विद्यार्थीलाई ती देशहरूमा रहन केही आर्थिक सहयोग मात्र पुग्छ । र, यसरी गरेको कामले विद्यार्थीलाई आत्मनिर्भर बनाउन भने ठुलो सहयोग गर्छ । अस्ट्रेलियामा तीन वर्षे स्नातक र दुई वर्षे स्नाकोत्तर उत्तीर्ण गरेपश्चात् ‘पोस्ट स्टडी वर्क’ मा काम गर्न पाइन्छ । जुन समय विद्यार्थीले राम्ररी आर्थिक उपार्जन गर्न सक्छन् ।
Abroad Study मा जाने विद्यार्थीले के–के विषयमा ध्यान दिन आवश्यक छ ?
पहिलो, विद्यार्थी अध्ययनमा अब्बल हुनुपर्छ । दोस्रो, अङ्ग्रेजी भाषामा दख्खल हुनुपर्छ (IELTS, TOEFL, PTE, SAT) जस्ता विषयमा राम्रो अङ्क ल्याउनु पर्छ । तेस्रो, आर्थिक अवस्था मजबुत हुनुपर्दछ । (विदेश गईसकेपछि कम्तीमा १ वर्षसम्म नेपालबाटै खर्च व्यवस्थापन गर्न सक्नुपर्छ।) चौथो, विद्यार्थी स्वस्थ र तन्दुरुस्त हुनुपर्छ । पचौँ, विद्यार्थीको चरित्र पनि राम्रो हुनुपर्छ । यी पाँच कुरा राम्रो भएको विद्यार्थी ब्दचयबम क्तगमथ मा जान योग्य हुन्छन् ।
नेपालबाट Abroad Study मा गएका विद्यार्थीको क्षमता र अन्य देशका विद्यार्थीको क्षमतामा कत्तिको भिन्नता देखिन्छ ?
नेपाली विद्यार्थीहरूको अध्ययन क्षमता अन्य देशका विद्यार्थी भन्दा राम्रो छ । नेपाली विद्यार्थी मेहनत छन्, शिक्षण सिकाईमा अब्बल छन् । भाषाको सवालमा नेपाली विद्यार्थीहरूले प्रारम्भिक तहदेखि नै अङ्ग्रेजी भाषाको अध्ययन गरेकोले अन्य देशका विद्यार्थीको तुलनामा अझ राम्रो छ । उदाहरणका लागि चीन, जापान लगायतका देशहरूमा अङ्ग्रेज भाषा कमजोर हुँदा त्यहाँका विद्यार्थीहरूलाई भाषाको समस्या देखिन्छ । हाम्रोमा प्राथमिक कक्षा देखि नै अङ्ग्रेजी भएकोले सहज भएको छ ।
कस्ता विद्यार्थी Abroad Study मा जान उत्तम मानिन्छन् ?
जसमा शैक्षिक योग्यता, भाषिक दक्षता, लगनशिलता, नैतिकता छ । जो स्वस्थ र आर्थिक हिसाबले पनि राम्रो छ, ती विद्यार्थी नै ब्दचयबम क्तगमथ मा जान योग्य हुन्छन् । विद्यार्थीको उमेर भन्दापनि योग्यता महत्त्वपूर्ण हो । कक्षा १२ उत्तीर्ण गरेका, ब्याचलर गरेका मास्टर्स गरेर पिएचडी गर्न बाहिर जान चाहिरहेका १८ वर्ष पूरा भएका विद्यार्थीहरू योग्य मानिन्छन् ।
Abroad Study मा जानु पूर्व विद्यार्थीले के–के तयारी गर्नु पर्दछ ?
उच्च तह (कक्षा १२) उत्तीर्ण गरेको विद्यार्थीले प्रथम श्रेणीमा उत्तीर्ण (६० प्रतिशत) भएको हुनुपर्छ । त्यसपछि आफू जान चाहेको देशको भाषा सिक्नु पर्छ । जस्तै, अस्ट्रेलिया, क्यानडा, न्युजल्याण्ड र अमेरिकामा अध्ययनका लागि IELTS मा ६ वा ६.५ भन्दा बढी अङ्क ल्याउनुपर्छ । डेनमार्क अध्ययनमा जाँदा डेनिस भाषा, चीनका लागि चाइनिज भाषा, जापानका लागि एनएटी र जेएलपीटी भाषा परीक्षा उत्तीर्ण गर्नु आवश्यक छ । त्यसपछि आर्थिक रूपमा आफू ती देशहरूमा गएर पढ्न कत्तिको सक्षम छु त्यो क्लिएर हुनुपर्छ । त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त आधिकारिक कन्सल्टेन्सीमा गएर परामर्श लिन आवश्यक छ ।
हामी कहाँ धेरै कन्सल्टेन्सीले Abroad Study मा जाने विद्यार्थीलाई परामर्श दिइरहेका छन्, विद्यार्थीले कन्सल्टेन्सी छनौटमा केके कुरामा ध्यान दिन आवश्यक छ ?
मुख्य प्रश्न यहीँ हो । नेपालबाट लामो समयदेखि Abroad Study मा जाने विद्यार्थीहरूलाई धेरै कन्सल्टेन्सीले परामर्श दिइरहेका छन् । हज्जारौं कन्सल्टेन्सी माझ राम्रो र आधिकारिक कन्सल्टेन्सी छनौटमा कहिलेकाहीँ विद्यार्थीलाई असहज हुन्छ । जसरी हामी कुनै ब्रान्डको मोबाइल खरिद गर्दा हप्ता दिनसम्म अनुसन्धान गर्छाैं । त्यसै गरी कन्सल्टेन्सी छनौटमा पनि ध्यान दिन आवश्यक छ । कन्सल्टेन्सीको आधिकारिकता, विगतमा उसले गरेका कार्य, उसले काम गरिरहेको देश र त्यहाँका कलेज र विश्वविद्यालयको आधिकारिकता, परामर्शदाताको योग्यताका विषयमा विद्यार्थी अभिभावकले जान्न आवश्यक छ ।
जनवरी २३ (माघ ९ गते) हुन गइरहेको शैक्षिक मेलामा विद्यार्थीले के कस्ता जानकारी पाउँछन् ?
विगतमा लागेका शैक्षिक मेला भन्दा कंगारुले गरेको शैक्षिक मेला नितान्त फरक हुन्छ । हामीले शैक्षिक मेला आयोजना गरेर विद्यार्थी बटुल्ने भन्दापनि विश्वका उत्कृष्ट देशका उत्कृष्ठ शैक्षिक संस्था र शिक्षा प्रणालीका बारेमा अभिभावक र विद्यार्थीलाई जानकारी गराउने हो । हामी विद्यार्थीको शैक्षिक योग्यताका आधारमा विज्ञहरूबाट उनीहरूको करियर कसरी अगाडी बढाउन सकिन्छ भनेर गाईड गर्छौ ।
शैक्षिक मेलामा विद्यार्थीले अस्ट्रेलिया, न्युजलेण्ड, अमेरिका, युरोपका दर्जनौँ कलेज र विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरेर परामर्श लिन सक्छन् ।
कँगारुले कुनै एउटा देशका लागि मात्रै भनेर अध्ययनमा जोड दिएर मेला आयोजना गर्दैन । विभिन्न देशका अध्ययन संस्थालाई एउटै छातामुनि राखेर विद्यार्थीहरूलाई परामर्श दिने गरेको छ । अस्ट्रेलिया, न्युजल्याण्ड, अमेरिका र युरोपका संस्थालाई एउटै छातामुनि राखेर मेला आयोजना गरिएकोले विद्यार्थीलाई देश र शैक्षिक संस्था छनौट गर्न सहज हुन्छ । राम्रा विद्यार्थीले मेलामा आएका कलेज तथा विश्वविद्यालयबाट छात्रवृत्ति समेत पाउन सक्छन् । यो सँगसँगै विद्यार्थीको करियर कसरी अगाडी बढाउने भनेर विज्ञहरूबाट परामर्श पाउँछन् । मेलामा आउने विद्यार्थीहरूका लागि आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेका छौँ ।
Abroad Study मा गएका विद्यार्थीलाई कँगारुले कत्तिको गाईड गरिरहेको हुन्छ ?
यो अर्को महत्त्वपूर्ण विषय हो । हामीले विद्यार्थीलाई Abroad Study मा जानुपूर्व जसरी गाईड गर्छौँ गईसकेपछि पनि उत्तिकै ध्यान दिएका छौँ । हामीले अस्ट्रेलियाको हकमा दुई स्थानमा आफ्नै कार्यालय स्थापना गरेका छौँ । विद्यार्थीलाई कुनै समस्या नहोस् भनेर त्यहाँ गएपछि खानपान, बसोबास, यातायात, कलेज लगायतका कुरामा गाईड गर्छौँ । भने, उनीहरूले कसरी अध्ययन गरिरहेछन् भनेर बेलाबेलामा नोटिस पनि गर्छाैं । अस्ट्रेलिया बाहेकका देशहरूमा पनि हामीले यहीँ पद्धति अनुरूप विद्यार्थीहरूको हेरविचार गर्दै आएका छौँ । हाम्रो सबल पक्ष यो पनि हो ।
नेपालबाट बाहिर अध्ययन गर्न चाहने विद्यार्थीहरूको हकमा छात्रवृत्तिको व्यवस्था कस्तो छ ?
सक्षम र अब्बल विद्यार्थीले छात्रवृत्ति सहजै पाउँछन् । अस्ट्रेलियाको हकमा राम्रा विद्यार्थीहरूले ट्युसन शुल्कमा पनि २५ प्रतिशतसम्म छुट पाउँछन् । अमेरिकाको हकमा सक्षम, अध्ययनशिल विद्यार्थीहरूले त छात्रवृत्तिसँगै विभिन्न कोर्समा सोचेभन्दा धेरै छुट पाउँदै आएका छन् । विद्यार्थीले छात्रवृत्ति पाउँछु कि पाउँदिन भन्नु भन्दा पहिले आफ्नो क्षमतालाई निखार्न जरुरी छ ।
Abroad Study मा गएका विद्यार्थीले ‘पोस्ट स्टडी वर्क’ मा कस्तो सुविधा पाउँछन् ?
‘पोस्ट स्टडी वर्क’ भनेको एउटा कार्यक्रम मात्र नभएर विद्यार्थीले पाउने थप सुविधा हो । कुनै विद्यार्थीले कुनै तह अध्ययन गरेपश्चात् पाउने थप सुविधा हो । जस्तै, तीन वर्षे स्नातक उत्तीर्ण गरे पश्चात् विद्यार्थीले दुई वर्षसम्म त्यहीँ बसेर काम गर्दै अध्ययन गर्न पाउँछ । यो सुविधाबाट विद्यार्थीले अध्ययनसँगै आर्थिक उपार्जन गर्न पनि सक्छन् । यसले विद्यार्थीलाई उनीहरूको अध्ययनलाई तुलना गर्ने र थप व्यवहारिक बन्ने सहयोग गर्दछ ।
अन्तमा Abroad Study मा जान चाहने विद्यार्थीहरू लाई के भन्नुहुन्छ ?
जो विद्यार्थी उच्च शिक्षाका लागि ब्दचयबम क्तगमथ मा जान खोजिरहनु भएको छ, उहाँहरू सुरुमा आफैँ सक्षम र अब्बल हुनुपर्छ । विद्यार्थीले आफूलाई शैक्षिक, आर्थिक र मानसिक रूपमा सक्षम र मजबुत बनाएपछि जहाँपनि अवसर पाइन्छ । Abroad Study मा जाने विद्यार्थीलाई सही र तथ्य सूचना सङ्कलन गर्न सल्लाह दिन्छु । यसका लागि आगामी २३ तारिखका दिन दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुन गइरहेको एक दिने शैक्षिक मेलामा सहभागी भईदिन हुन पनि अनुरोध गर्दछु ।
