अाफ्नै क्षेत्रमा प्रधानमन्त्री देउवा परे पछि

२०७४ जेठ १५ गते

“डडेल्धुरा, २२ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मतगणना शुरु भएको छ । केही समय अगाडि शुरु भएको मतगणनाअन्तर्गत प्रदेशसभा (क) निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
जसअनुसार वाम गठवन्धनका उम्मेदवार एमाले नेता पठानसिंह बोहरा ६६३ मतसहित अगाडि छन् । नेपाली कांग्रेसका रघुवर भट्ट ३०४ मतसहित उनलाई पछ्याइरहेका छन् ।
१ मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा जारी मतगणनातर्फ प्रदेशसभाको प्रारम्भिक मतपरिणाम पनि सार्वजनिक भएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय राति ११ बजे प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिने जनाएको छ ।
जिल्ला अदालत डडेल्धुरामा भइरहेका मतगणनामा प्रदेशसभा र प्रतिनिधिसभाको मतगणना छुट्टा–छुट्टै कोठामा भइरहेको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित