आज राती १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि

मंसिर २२, काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी  सबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको छ ।

निगमको आज बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३र३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७र७७ रुपैयाँ र हवाई इन्धन (आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।

यो मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दिपायलका लागि तय गरिएको हो । पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य जनही ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *