स्याङ्जामा तनाव, सदरमुकामछेउछाउ निषेधित क्षेत्र घोषणा,


“
वालिङ, स्याङ्जा २२, मंसिर । बिहीबार सम्पन्न मतदानको विषयलाई लिएर स्याङ्जा सदरमुकाम अहिले तनावग्रस्त बनेको छ ।
नेकपा ९एमाले०का नेता तथा कार्यकर्ताहरूले स्याङ्जाको निर्वाचन क्षेत्र नं। २ का निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि आज हातपात गरेपछि प्रहरीले रोक्न खोज्नेक्रममा नेकपा (एमाले)का आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।
अहिले जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा रहेका मतपेटिकाको सुरक्षाकर्मीले रेखदेख गरिरहेका छन् ।
स्याङ्जामा मतदानको विषयलाई विवाद चुलिँदै गएर तनावको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले स्याङ्जा सदरमुकामको चारैतिर तीन किलोमिटरको क्षेत्रमा भेला, सभा तथा समूहमा नबस्न निषेधित क्षेत्र घोषणा गरेको छ भने सिद्धार्थ राजमार्गमा सवारी साधन सञ्चालनमा भने रोक नलगाइएको जनाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार सम्पन्न निर्वाचनमा काँग्रेसले चारवटा बुथ कब्जा गरेको भन्दै नेकपा (एमाले)ले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएपछि स्याङ्जाको मतगणना अवरुद्ध भएको छ ।
स्याङ्जा क्षेत्र नं। २ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र नेकपा (एमाले) केन्द्रीय सदस्य पदमा अर्याल चुनावी प्रतिस्पर्धामा छन् । रासस
“
