डा भट्टराई १६ सय मतले अगाडि,नारायणकाजी ओरालो लाग्दै

गोरखा, २२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको मतणनानुसार आज अपराह्न ४ बजेसम्म गोरखा–२ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका उम्मेदवार नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठभन्दा अगाडि छन् ।

बाइस हजार ५६८ मतगणना हुँदा डा भट्टराईले ११ हजार ३४९ र श्रेष्ठले नौ हजार ७४९ मत ल्याउनुभएको छ । गोरखा–२ का दुवै प्रदेशमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अघि छन् । प्रदेश २ (क) मा नयाँ शक्तिका हरिशरण आचार्यले पाँच हजार ६०३ मत ल्याउँदा माओवादी केन्द्रकी कमला नहर्कीले पाँच हजार ५५६ मत ल्याएका छन् ।

गोरखा २ ९ख० मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी माओवादी केन्द्रभन्दा छ हजार ६५२ मतका साथ अघि हुनुहुन्छ । माओवादी केन्द्रका अमर तमुले पाँच हजार २२३ मत ल्याएका छन् ।

गोरखा–१ मा माओवादी केन्द्रका हरिराज अधिकारीले छ हजार ३५८ र कांग्रेसका चीनकाजी श्रेष्ठले पाँच हजार ४०६ मत ल्याएका छन् । अहिलेसम्म १३ हजार ६३९ मत गणना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *