सडकबाट खसेर दुई जना वेपत्ता

बेनी, भदौ २४ । बेनी–जोमसोम सडक अन्तर्रगत म्याग्दीको दाना काभ्रे भिर र भुरुङ तातोपानीमा सडकबाट खसेर २ जना वेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालीका ३ दानाको काभ्रे भिर स्थित सडकबाट खसेर शनिबार दिउँसो एक भारतीय तिर्थयात्री र अन्नपूर्ण २ भुरुङ तातोपानीको भिरबाट मोटरसाईकल सहित खसेर अर्का एक नेपाली वेपत्ता भएका प्रहरीले जनाएको छ ।

सडक बिस्तार भैरहेकाले गाडी रोखिएको अवस्थामा झरेर पैदल हिडेर घाँसातर्फ जाँदै गरेका भारतको बिहारका ललन शर्मा खोचमा सडकको डिलबाट खोचमा खसेका हुन् । शर्माले लगाएको गलबन्दी भिरमा अड्किएको अवस्थामा देखिएको र उनको खोजीमा प्रहरी परिचालन भएको घटनास्थलबाट ईन्द्रसिङ शेरचनले बताएका छन् ।

यसैगरी शुक्रबार भुरुङतातोपानीदेखि बेनीतर्फ आउँदै गरेको मोटरसाईकल सहित कालीगण्डकी नदिमा खसेर हेटौडा उपमहानगरपालीका १६ का अन्दाजी २४ वर्षिय बादल बम्जन बेपत्ता भएका छन् । ग १२ प ५३४ नम्बरको मोटरसाईकल चढेर बेनी आउँदै गरेका उनी भुरुङ तातोपानीको भिरबाट कालीगण्डकी नदीमा खसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *