बाग्लुङमा बामको फराकीलो अग्रता

मंसिर २२, पोखरा । पहिलो चरण अन्तरगत निर्वाचन सम्पन्न भएको बाग्लुङ जिल्लामा बामगठबन्धनका उमेदवारहरुले फराकीलो अग्रता लिएका छन्।

दुई वटा प्रतिनिधि सभा सदस्य र चार वटा प्रदेश सभा सदस्य रहेको जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा क्षेत्र नम्वर १ बाट एमालेका सुर्य प्रसाद पाठकले २१ हजार २ सय ३७ मत ल्याएका छन भने उनका प्रतिद्धन्दी काँग्रेसका चम्पादेवी खड्काले १३ हजार ३ सय ९८ मत ल्याएकी छन्।

उनीहरु दुइबीच फराकीलो मत अन्तर देखिएको छ। दुई बीचमा करिव ७ हजार ५ सयको मत अन्तर छ।, त्यसैगरी क्षेत्र नम्वर २ बाट गठबन्धनको तर्फबाट उमेदवार बनेका माओवादी केन्द्रका देवेन्द्र पौडेलले १२ हजार ७ सय ७४ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका नरबहादुर पुनले (निरज) ले १० हजार १५ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *