प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वाचित महिला सांसद

काठमाडौँ, २२ मङ्सिर । नेकपा (माओवादी केन्द्र) कि उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वाचित महिला सांसद बनेकी छिन् ।

कान्छो जिल्लाको रूपमा परिचित पूर्वी रुकुमबाट विजयको खाता खोलेर वाम गठबन्धनका उम्मेदवार रोकाले सङ्घीय नेपालको नयाँ यात्रा सुरु गरेकी छिन् ।

माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षमा महिला छापामारको रूपमा युद्धमा सहभागी हुने थोरैमध्ये रोका एक हुनुहुन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने थोरै महिलामध्ये रोका एक उम्मेदवारको रूपमा मैदानमा उत्रनु भएको थियो । रोकाले प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई छ हजार २८ मत अन्तरले पराजित गरेकी हुन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको आधिकारिक तथ्याँकअनुसार वाम गठबन्धनका साझा उम्मेदवार रोकाले १० हजार ४३४ मत ल्याएकी थिइन । सो निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *