मोरङ क्षेत्र नम्बर–३ को मत परिणाम सार्वजनिक

मोरङ मंसिर २२ । मोरङ क्षेत्र नम्बर–३ को मत परिणाम प्राप्त भएको छ ।

आज बिहान १०ः३० बजेदेखि शुरु भएको मत गणनाको हालसम्मको मत परिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधि सभा प्रत्यक्षका लागि बाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालले ९३२ र काँग्रेसका सुनिल कुमार शमाले ८२७ मत प्राप्त गरेका छन् । बाँकी मत परिणाम आउने क्रम जारी नै छ ।

छ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा मतगणना शुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *