स्याङ्जा क्षेत्र नम्बर २ मा अझै मतगणना सुरु भएन

स्याङ्जा, मंसिर २२ । स्याङ्जामा अझै सर्वदलीय बैठक नै बस्न सकेको छैन । दुई गठबन्धनबीच विवाद भएका कारण सर्वदलीय बैठक बस्न नसकेको हो । एमाले र कांग्रेसबीच एकअर्कालाई बुथकब्जा गरेको आरोप लगाएपछि विवाद हुँदा मतगणना हुन सकेको छैन ।

मतगणना गर्न सर्वदलीय बैठक राखेर मतगणनाल सुचारु गर्न प्रयास भएपनि विवाद अझै टुङ्गो नलागेको स्याङ्जाका निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत हरीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *