कैलालीमा तारजाली र सिसि क्यामेरा लगाएर मतगणना गरिदै
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
विष्णु जोशी, धनगढी । कैलालीमा मतगणनास्थलमा तारजाली र सिसि क्यामेरा लगाएर मतगणना गरिने भएको छ । सर्वदलीय बैठकले गणनास्थलको बाहिरतर्फ दलका प्रतिनिधि बस्ने गरी तारजाली लगाएर भित्र मतगणना गर्ने निर्णय गरिएकाे हो ।
तारजालीलगाउने लगायत प्राविधिक व्यवस्थापन गरेर खाना खाईसकेपछि मतगणना सुरु गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिए ।
‘सबै व्यवस्थापन गर्दा १२ बजेपछि मात्र मतगणना सुरु हुने अर्यालले बताए । जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रका मतपेटिकाहरु धनगढी ल्याइसकिएको छ भने हाल ती ३ वटा क्षेत्रको मतगणना गर्न लागिएको हो ।
क्षेत्र नम्बर २ र ४ अन्तर्गत पर्ने पहाडी भेगबाट मतपेटिका ढुवानी हुन बाँकी छ । बेलुकीसम्म ती क्षेत्रका मतपेटिका आईपुग्ने मुख्य निर्वाचन अधिकृत अर्यालले बताए । मतपेटिका आईपुगेपछि मात्र क्षेत्र नम्बर २ र ४ को मतगणना गरिने उनले बताए।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)