काठमाडौंको मतगणना अझै शुरु भएन

काठमाडौं, मंसिर २२ । काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भनीएपनि अहिलेसम्म मतगणना सुरु हुन सकिरहेको छैन । निर्वाचन आयोगको तयारी नपुगेको र सबै दलका प्रतिनीधीहरु उपस्थित नभएका कारणले मतगणना सुरु हुन नसकेको हो । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको थियो ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा हुने छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं। ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा तथा क्षेत्र नं। ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं। ६ को जिल्ला समन्वय समिति बबरमहलमा र निर्वाचन क्षेत्र नं। ८ को वनपरिसर बबरमहलमा मतगणना हुनेछ ।

काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र बिबेकशील साझाका रविन्द्र मिश्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *