आज नेपाल र यमन हलचोक मैदानमा भिड्दै
२०७४ जेठ १५ गते

काठमाडौँ – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत आज नेपाल र यमन बीचको हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा दिउँसो ३ बजे खेल हुँदैछ । फिफा वरियतामा १ सय २४ औं स्थानमा रहेको यमनले विगतमा नेपालसँग खेलेका २ अन्तर्राष्ट्रिय खेलमध्य दुवैमा जित दर्ता गरेको छ ।

हाल १ सय ६९ औं स्थानमा रहेको नेपालले पछिल्लो पटक यमनसँग सन् २०१४ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । कतारको दोहामा भएको उक्त खेलमा नेपाल २-० ले पराजित भएको थियो ।
यसैगरी नेपाल र यमन बीचको पहिलो खेलमा नेपाल ३-० ले पराजित भएको थियो । नेपालले अहिलेसम्म खेलेको दुवै खेलमा यमनलाई गोल गर्न सकेको छैन ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








