डा.बाबुराम र योगेश भट्टराई ‘नायके’ बने, नारायणकाजी दौडिँदै

काठमाडौं, मङसिर २२ । प्रतिनिधि तथा प्रदेश सभा पहिलो चरण (१० गते)का मत परिणामहरु सार्वजनिक भइरहेका छन् । हालसम्म सार्वजिनक भएका जिल्लाहरुमा बाम गठबन्धको अग्रता रहेको छ भने लोकतान्त्रिक गठबन्धका उम्मेद्वारले बाम गठबन्धनका उम्मेद्वारलाई पछ्याइरहेका छन् ।

गोरखा क्षेत्र नम्बर–२ को मत परिणामलाई विशेष चासोका साथ हेरिँदै गर्दा लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेद्वार बनेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई आफ्ना निकटत् प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठभन्दा एक हजार एक सय बढी मतले अघि रहेका छन् ।

त्यस्तै, अहिलेको मतपरिणाम अनुसार ताप्लेजुङ प्रतिनिधि सभामा प्रत्यक्षका लागि बाम गठबन्धनका उम्मेद्वार योगेश भट्टराईले काँग्रेसका प्रतिस्पर्धी केशव प्रसाद दाहाललाई झण्डै दोब्बर मतले पछि पार्न सफल भएका छन् ।

हेर्नुहोस् हालसम्म कुन जिल्ला कुन पार्टीको कति मत :

ताप्लेजुङ प्रतिनिधि सभा : ताप्लेजुङमा बाम गठन्धनबाट एमालेका प्रचार प्रसार प्रमुख समेत रहेका योगेश भट्टरार्इ आफ्ना प्रतिस्पर्धी काँग्रेसका केशव प्रसाद दाहाललाई झण्डै दोब्बर मतले पछि पारेका छन् । भट्टराईले १००२२ मत ल्याउदा दाहालले ६३८० मत प्राप्त गरेका छन् ।

ताप्लेजुङ प्रदेशसभा क : बलबहादुर सामसोहाङ (नेकपा एमाले) ५७८१, लिला बोखिम (नेपाली काँग्रेस) ४१८३
ताप्लेजुङ प्रदेश सभा ख : टंक आङ्बुहाङ (नेकपा माओवादी केन्द्र) ५२१८, दिपेन्द्र कुमार सेन्दाङ (नेपाली काँग्रेस) ३२६६
गोरखा क्षेत्र नम्बर–२ प्रतिनिधि सभा : डा. बाबुराम भट्टरार्इ (नयाँशक्ति) ६५३४, नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र) ५३९९
ललितपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभा : कृष्णलाल महर्जन (एमाले)६१९३, चन्द्र महर्जन (कांग्रेस) ४२१३
ललितपुर ३ प्रतिनिधिसभा : मदनवहादुर अमात्य (कांग्रेस) २६७३, पम्फा भुसाल (माओवादी) २२१४, (विवेकशील साझा)६६९
धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ : खेम लोहनी (बामगठबन्धन) ९९९५,दिलमान पाख्रिन (लोकतान्त्रिक गठबन्धन) ८२१५

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क : डा.रामकुमार अधिकारी (बामगठबन्धन)८१९१, रमेश धमला (लोकतान्त्रिक गठबन्धन) ७९९९

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा ख : डम्बर तामाङ (लोकतान्त्रिक गठबन्धन) ७६७१,जगत सिंम्खडा (बामगठबन्धन) ७४२९
सिन्धुपाल्चोक–१ प्रतिनिधिसभा :अग्नि सापकोटा (माओवादी केन्द्र) १०४३३,मोहन बस्नेत (कांग्रेस)६१६०
ओखलढुङगा प्रतिनिधि सभा : यज्ञराज सुनुवार ( बाम गठबन्धन) ९१३६, रामहरि खतिवडा ( काँग्रेस),७७३६
दोलखा प्रतिनिधिसभा : पार्बत गुरुङ(एमाले) ९०१६, रुद्र खड्का (कांग्रेस) ४०२२

दोलखा प्रदेश क : माओवादी केन्द्रका विशाल खड्का ८०२९,कांग्रेसका बर्मा लामा ३२२२

दोलखा प्रदेश ख : एमालेका पशुपति चौलागाई ५००३, कांग्रेसका केशब चौलागाइ १९७२,हँसियातारा लालकुमार केसी १७३६

जाजरकोट प्रतिनिधिसभा : माओवादीका शक्तिबहादुर बस्नेतः ६२७५,कांग्रेसका राजीवविक्रम शाहः ४६१३
जाजरकोट प्रदेशसभा क : माओवादका गणेशप्रसाद सिंहः ६३३७,कांग्रेसका वेदराज सिंहः ४५८५
जाजरकोट ख : एमालेका करवीर शाहीः ६७४५, कांग्रेसका दीपकजंग शाहः ५३७
बागलुङ प्रतिनिधिसभा क्षेत्र १ :बाम गठबन्धनबाट एमालेका सूर्य पाठकः १०३५६,कांग्रेसकी चम्पा खड्काः ६८५५
सोलुखुम्बु प्रतिनिधिसभा : गठबन्धनका सुरवीर — ७१७१,काँग्रेसरबलबहादुर —६९७८
साुलुखूम्बु प्रदेश क : बाम गठबन्धनका उत्तम — ३६०९,कांग्रेसका प्रकाश–२३१८
सोलुखुम्बु प्रदेश ख : बाम गठबन्धनका बुद्धिकुमार–४१३४,कांग्रेसका आङ गेलु–३३५४

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *