गोरखामा श्रेष्ठ भन्दा एक हजार १ सय ३५ मतले बाबुरामकाे अग्रता

काठमाडौं, मंसिर २२ । बिहिबार साँझदेखि शुक्रबार बिहान ७ बजेसम्म १० हजार माथि मतगणना हुँदा प्रतिनिधिसभातर्फ गोरखा १ मा कांग्रेस र २ मा नयाँ शक्तिका उम्मेदवारले वामगठबन्धनका उम्मेदवारलाई पछि पारेका छन्। गोरखा २ को प्रतिनिधिसभा सदस्यमा नयाँ शाक्ति पार्टीका बाबुराम भट्टराईले एक हजार १ सय ३५ मतले अग्रता लिएका छन्।

शुक्रबार बिहान ७ः१५ बजेसम्म गणना गरिएका १२ हजार ७ सय ४० मत मध्ये भट्टराईले ६ हजार ५ सय ३४ मत ल्याएका छन् भने वामगठबन्धनका नारायणकाजी श्रेष्ठले ५ हजार ३ सय ९९ मत पाएका छन्।

गोरखा १ गणना भएको प्रतिनिधिसभा तर्फको १० हजार ८ सय ७४ मतमध्ये कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४ सय ७२ मत ल्याएका छन् भने माओवादीका हरिराज अधिकारीले ४ हजार ९ सय ३४ मत पाएका छन्। प्रदेशसभातर्फ भने गोरखा २ ख मा कांग्रेस र अरु सबै क्षेत्रमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *