ललितपुर ३ मा कांग्रेस पहिलो, माओवादी दोस्रो र विवेकशील तेस्रो

ललितपुर, मंसिर २२ । ललितपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्य ११६७ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषालले ११६७ मतसहित पछ्याईरहनुभएको छ । ललितपुर ३ मा विवेकशील साझाका तर्फबाट उम्मेदवारी दिएका उज्जवलकृष्ण श्रेष्ठले ४०८ मत प्राप्त गर्नुभएको छ ।

सुरुवाती मतपरिणामलाई आधार मान्ने हो भने ललितपुर ३ मा कांग्रेस र वाम गठबन्धनबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै विवेकशील साझाले पनि उपत्यकाबाट राम्रै भोट पाउने ललितपुर ३ को प्रारम्भिक नतिजाबाट अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *