सोलुखुम्बुको प्रतिनिधि र प्रदेशसभा ‘क’ र ‘ख’ मा वाम गठबन्धन अगाडि

सोलुखुम्बु, मंसिर २२ । सोलुखुम्बुको प्रतिनिधि र प्रदेशसभा ‘क’ र ‘ख’ मा वाम गठबन्धन अगाडि रहेको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका हेमकुमार राई शुरवीरले ५६११ र नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका पूर्व मन्त्री बलबहादुर केसीले ३२२६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेश सभा ‘क’ तर्फ वाम गठबन्धनका एमाले उम्मेदवार उत्तमकुमार बस्नेत २२०२ मतसहित अगाडि हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार प्रकाससिं कार्की १४१० मत सहित पछ्याई रहनुभएको छ ।

त्यस्तै प्रदेश सभा ‘ख’ मा वाम गठबन्धनका एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारी २६९७ मतसहित अगाडि हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार आङ्गगेलु शेर्पा २२४१ मतसहित पछ्याई रहनुभएको छ ।

प्रतिनिधिसभाको मतगणना जिल्ला समन्वय समितिको समीक्षा हलमा २ स्थानमा भैरहेको छ भने प्रदेश सभा ‘क’ र ‘ख’ को प्राविधिक कार्यालयको भवनमा छुट्टाछुट्टै एक एक स्थानमा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *