पूर्व मन्त्री शेरधन राई दोब्बर मतान्तरका साथ सुरुवाती अग्रता लिदै

मङ्सिर २१, भोजपुर । भोजपुर प्रदेश ख मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईले झन्डै दोब्बर मतान्तरका साथ सुरुवाती अग्रता लिएका छन् ।

सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय, भोजपुर अदालतमा साढे ५ बजेदेखि भइरहेको मतगणनामा अहिलेसम्म शेरधन राईले १ हजार ५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्दबहादुर कार्कीले ५ सय ९८ मत प्राप्त गरेका छन् । प्रदेश ख मा हालसम्म ४ वटा मतदान केन्द्रको मतगणना सकिएको छ ।

त्यस्तै, प्रदेश क मा एमालेका राजेन्द्रकुमार राई २५ मतले अगाडि छन् । यहाँ राईले ३ सय ७२ मत र सङ्घीय समाजवादी फोरमका अजम्बर काङ्गमाङ्गले ३ सय ४९ मत प्राप्त गरेका छन् । भने, भोजपुरको प्रतिनिधिसभामा भने लोकतान्त्रिक गठबन्धनले सुरुवाती अग्रता लिएको छ । यहाँ नेपाली काँग्रेसका उमेशजंग रायामाझीले ७१९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका सुदन किरातीको ६६३ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *