बजारमा आयो ५ बिशेषताहरु लिएर ओप्पो ए ३७

काठमाडौं, भदौ १२ । मोबाइल फोन ब्रान्ड ओप्पोको सेल्फी एक्स्पर्ट ए ३७  कालो रंगमा नेपाली बजारमा आएको छ । उपभोक्तालाई क्यामेरा फोनमार्फत फरक अनुभव दिने गरी ओप्पो ए ३७ कालो रंगमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसको मूल्य १५ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

ओप्पो ए ३७ ले कम प्रकाश भएका ठाउँमा समेत आकर्षक सेल्फी खिच्ने कम्पनीको दावी छ । फोनमा ५ मेगा पिक्सेल क्षमताको फ्रण्ट क्यामेरामा १ र ४ ईञ्च सेन्सर तथा १ र ४ म्यूएम पिक्सेल सहितको ब्याकसाइड ईल्लुमिनेशन राखिएको छ ।

डिस्प्लेको माध्यमबाट फ्ल्यास फाल्ने प्रविधि भएकाले यो फोनले जुनसुकै अवस्थामा प्राकृतिक तथा उज्यालो सेल्फीको सुनिश्चितता दिने कम्पनीको दाबी छ ।

फोनमा अल्ट्रा एचडी मोडको सुविधापनि उपलब्ध छ । यो मोडले लगातार ५ तस्विर खिचेर तिनमा रहेका उत्कृष्ट मात्र राखेर जीवन्त रंग र विवरण सहित २४ मेगा पिक्सेलको तस्विर कैद गर्न सघाउने कम्पनीको दावी छ ।

ए३७मा पाम सटल फिचरपनि उपलब्ध छ । यो फिचरको माध्यमबाट प्रयोगकर्ताले फ्रण्ट क्यामेरामा तिर हत्केला हल्लाएकै भरमा तस्विर लिन सक्छन् । साथै टाइमरको ब्यवस्था समेत रहेको छ । फोनमा ९ आकर्षक फिल्टर र सुटिङ मोडको व्यवस्था पनि रहेको छ ।

विशेषता :

  • दुई फोर जी सिम स्लट
  • एमपी रियर क्यामेरा
  • ५ एमपी फ्रन्ट क्यामेरा
  • २ जिबी र्‍याम
  • एक्स्पान्डेबल मेमोरी स्लट
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *