राजधानीको मुटुमा सुनसान मतदान केन्द्र !

ललितपुर, मङ्सिर २१ । ललितपुर क्षेत्र नम्बर–३ मा मध्यान्हसम्म पनि मतदाताहरुको उपस्थिति बाक्लो देखिँदैन । हेर्दा सुनसान झैँ देखिन्छ । ललितपुरको चिडिया घर नजिक रहेको वडा नम्बर–३ मा मध्यान्हसम्म पनि मतदाताहरु न्यून देखिएका छन् ।

बाहिर सर्वसाधारण तथा सुरक्षाकर्मीहरुको भिड देखिएपनि भित्र मतदान केन्द्र भने सुनसान जस्तै देखिन्छ । मतदान केन्द्रभित्रका एक सुरक्षाकर्मी भन्छन्,‘ दिउँसोको घाम कटिसक्यो तर मतदाताहरु कम सङ्ख्यामा आइरहनुभएको छ ।’ मतदान भने शान्तिपूर्ण भइरहेको त्यहाँका सुरक्षाकर्मीहरु बताउँछन् ।

उक्त क्षेत्रमा बाम गठबन्धनबाट माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल र काँग्रेसबाट मदन बहादुर अमात्यबीच कडा प्रतिस्पर्धा हुनेछ । सो क्षेत्रमा ८६ हजार चार सय २८ मतदाताहरु रहेका छन् । राजधानीको बिचमा रहेको उक्त मतदान केन्द्रमा स्थानीय तहमा झैँ उत्साहित भएको बताइन्छ । तर, त्यहाँ खटिएका पर्यवेक्षकहरुका अनुसार जाडोको समयले बिस्तारै मतदाताहरु आउने क्रम जारी रहेको बताइन्छ । बिहान उल्लेख्य मात्रामा मतदाताहरु मतदान गर्न आएपनि दिउँसो खाना खाने समय भएकोले मतदाताहरुको चहलपहल न्यून भएको पर्यवेक्षकहरुले बताए । हालसम्म ३० प्रतिशत पनि मतदान सम्पन्न भइनसकेको जानकारी प्राप्त भएको छ ।

त्यस्तै, भक्तपुर बालकोट क्षेत्रमा भने ६० प्रतिशत भन्दा बढी मतदान भएको जानकारी प्राप्त भएको छ । मतदाताहरु अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा पनि बेसी उत्साहित रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *