प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको बाकसमा खसालेपछि पुनः मतदान

मंसिर २१, नवलपुर । कर्मचारीको असावधानिका कारण प्रदेशसभा सदस्यको मतपत्र प्रतिनिधिसभाको बाकसमा खसालेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित त्रिमुर्ती आधारभूत तिलौली केन्द्र ’ख’ मा पुनः मतदान भएको छ ।१८ जनाले मतदान गरेपछि उक्त त्रुटी भएको थाहा भएको तिमिल्सेनाले बताए । राजनीतिक दलको सहमतिमा मतदान गर्ने मतदाताहरुको पहिचान गरी पुनः मतदान गर्न लगाइएको थियो ।

एउटाको मत पत्र अर्कै बाकसमा खसालेपछि राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिमा पुनस् मतदान गरिएको मतदान अधिकृत विरेन्द्र कुमार तिमिल्सेनाले बताए । बिहान सात बजेदेखि भोट खसाल्न आएका मतदाताहरुलाई त्यहाँ खटिएका कर्मचारीले प्रदेशसभाको मत पत्र दिएर प्रतिनिधिसभाको बाकसमा खसाल्न लगाएपछि केही समय मतदान प्रकृया अवरुद्ध भएको थियो ।

त्रुटी भएर खसालिएका सबै मतपत्रलाई मुचुल्का बनाएर छुट्टै शिल गरेर राखिएको तिमिल्सेनाले बताए । पूर्व र पश्चिम जिल्लामा विभाजन नवलपरासीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान प्रकृया अघि बढेको पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

निर्वाचनका लागि दुवै जिल्लामा ५ हजार बढी सुरक्षाकर्मी परिचालन छन् । पूर्वी जिल्ला ९नवलपुर क्षेत्र० मा २ सय ५८ मतदान केन्द्र र १ सय १२ मतदान स्थलमा कुल २ लाख २१ हजार ७ सय १६ मतदाता छन् ।

दुई निर्वाचन क्षेत्र रहेको त्यहाँ २० प्रतिनिधिसभा र ४२ प्रदेशसभाका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

त्यसैगरी पश्चिम जिल्ला ९परासी क्षेत्र० मा २ सय मतदान केन्द्र र १ सय २० मतदान स्थलमा कुल २ लाख ८ हजार २ सय ३७ मतदाता छन् ।

दुई निर्वाचन क्षेत्र रहेको त्यहाँ २६ प्रतिनिधिसभा र ६३ प्रदेशसभाका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *