डडेल्धुरामा तीनवटा बम फेला, एउटा विस्फोट

मंसिर २१, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा तीनवाटा बम फेला परेका छन् । जिल्लाको परशुराम नगरपालिकामा भेटिएका तीन स्थानका बममध्ये सेनाको टोलीले २ वटा बम डिस्पोज गरेको डडेलधुराका डिएसपी चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार एउटा बम भने जंगलमा विस्फोट भएको छ ।

मतदान केन्द्रभन्दा धेरै टाढाको दुरीमा बम विस्फोट भएपनि कुनै क्षति नभएको र सवै स्थानमा मतदान शान्तिपुर्ण रुपमा जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *