सुनसरी अपडेट– बुथ कब्जा गर्ने कांग्रेस कार्यकर्ता निकालिए, मतदान सुचारु


“
मंसिर २१, सुनसरी । सुनसरीका जिल्लाको क्षेत्र नं ३ अन्तर्गतको दुहवी–९ छातावेडीमा रहेका सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान सुचारु भएको छ । केहीबेर अघि काँग्रेस कार्यकर्ताहरुले बुथ कब्जा गरी एकलौटी मतदानको प्रयास गरेका थिए ।
काँग्रेसले बुथ कब्जा गरेपछि त्यहाँ नारावाजी समेत भएको थियो । अहिले बुथ कब्जा गर्न खोज्ने काँग्रेसका कार्यकर्ताहरुलाइ मतदान केन्द्रबाट बाहिर निकाल्ने सहमती पछि मतदान पुनः सुचारु भएको हो ।
काँग्रेस कार्यकर्ताहरुले वाम गठबन्धनका तर्फबाट प्रदेश सभा ३(क) का उम्मेदवार निलम बस्नेतलाई हातपात गरी मतदान केन्द्रभित्र प्रवेश गर्न दिएका थिएनन् । उनलाई हातपात गर्ने क्रममा सशस्त्र प्रहरीले बचाएको थियो ।
अहिले सहमती पछि मतदान शान्तिपुर्ण रुपमा भइरहेको बताइउको छ । सो क्षेत्रबाट काँग्रेस उम्मेदवार विजय गच्छदार तथा वाम गठबन्धनबाट भगवती चौधरी प्रतिनिधि सभाको चुनावी मैदानमा छन् ।
“
