चितवनमा उत्साहपूर्वक मतदान जारी, ४० प्रतिशतभन्दा बढि मतदान

किशोर खनाल

भरतपुर, मंसिर २१ । प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा मतदान गर्न चितवनवासी उत्साहित भएका छन् । चितवनमा रहेका ४०८ वटा मतदान केन्द्रमा शान्तिपूर्वक मतदान कार्यक्रम भइरहेको निर्वाचन अधिकृतहरुले जनाएका छन् । चितवनमा यहाँ बिहान १० बजेसम्म ४० प्रतिशतभन्दा मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगर वडा नम्बर १४ शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा भोट हालेका छन् । उनले भोट हाल्दा बिहानको ७ बजेको थियो । भोट हाल्ने प्रचण्डकी पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहाल पनि भोट हाल्न मतदान केन्द्रमा पुगेका थिए ।

भोट हालेपछि पूर्वप्रधानमन्त्री प्रचण्डले बामपन्थीको सरकार बन्ने दावी गरे । उनले भने, ‘अब देशमा समृद्धि छाउँछ, बामपन्थीको सरकार बन्छ ।’त्यस्तै चितवन क्षेत्र नम्बर ३ का प्रचण्डका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका विक्रम पाण्डले पनि भरतपुर–२७ जानकी माध्यमिक विद्यालयबाट मतदान गरेका छन् । मत हालेपछि उनले आफ्नो जित सुनिश्चित भएको दावी गरेका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *