प्रधानमन्त्री देउवाद्धारा डडेल्धुराको असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान

धनगढी मंसिर २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बिहान ९ बजे नै मतदान गर्ने कार्यक्रम भए पनि उनले १० बजेर २५ मिनेटमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सपना पूरा भएको बताए  ।

उनले संविधान कार्यान्वयन गर्ने आफ्नो सपना रहेकाले यो चुनावले संविधान कार्यान्वयनको महत्वपुर्ण पाटो पुरा भएको बताए । उनले अब देश विकास र समृद्धिको बाटोमा लम्किने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *