अष्ट्रेलियाबाट फर्किएका विद्यार्थीहरूले ‘करिअर’लाई उचाइमा पुर्याएका छन्

स्थापना कालदेखि नै (सन् २००७) मेट्ससँग आबद्ध भई आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका सञ्चालन प्रबन्धक (अपरेसन म्यानेजर)अञ्जन कंडेल भन्छन्–‘दुःख पछिको प्राप्ति नै महान् हुने रहेछ’ । मुख्य कार्यालय पुतलीसडकमा रहेको मेट्स एजुकेसन सञ्चालनमा ल्याइएको एक दशक कटिसक्यो । समयसँगै गतिशील भई अघि बढिरहेका मेट्सका प्रबन्धक कँडेल संस्था स्थापना भएको वर्षदिनको अवधिमै शाखा कार्यालय खोल्न सफल भएको बताउँछन् । सन् २००८ मा चितवनको नारायणगढमा शाखा कार्यालय स्थापानासँगै हाल पर्सा र चितवनमा पनि सञ्चालनमा छ । लगत्तै फ्रेन्चाइज अफिसको रूपमा काठमाडौँको नयाँबानेश्वरमा, बुटवलको कालिकानगरमा र पोखराको न्यूरोडमा सञ्चालन रहेका छन्, भने नेपालको छ स्थान र अस्ट्रेलियाको तीन सहर (ब्रिसवेन, मेलवर्न र एडिलेड)बाट कार्यालय सञ्चालन हुँदै आएको छ । आज उनै प्रबन्धक कँडेलसँग मकालु खबरले विद्यार्थीहरूको अध्ययनबारे थप कुराकानी गरेकोे छ :

सर्टिफिकेट शिक्षा
यहाँबाट उच्च तह अध्ययन गरेर अस्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीहरूको सङ्ख्या धेरै छ । उनीहरूले सिधै त्यहाँ गएर विश्वविद्यालयमा अध्यनन गर्न सक्छन् । सरकारी तथा निजी दुवै शैक्षिक संस्थामा अध्ययन गर्न सक्छन् । तर, स्नातक अध्ययन पूरा गरेपश्चात् स्नातकोत्तर अध्ययनकै लागि जाने गर्छन् । कोर्सको अध्ययनमा चाहिँ विद्यार्थीले विदेश अध्ययन गर्न जानुपूर्व आफूले अध्ययन गरेको संकाय नै रोज्ने गरेका छन् । मेट्सले पनि विद्यार्थीले उच्च तहमा अध्ययन गर्दै आएको संकायमै रहेर उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन दिँदै आएको छ । नेपालको सन्दर्भमा भन्नु पर्दा यहाँ सैद्धान्तिक शिक्षा पद्धतिमार्फत विद्यार्थीहरूलाई सर्टिफिकेट मात्र उपलब्ध गराउँने चलन छ । तर, व्यवहारिक छैन । अस्ट्रेलियाको शिक्षा पद्धतिमा बढी व्यवहारिक ज्ञानसँगै सैद्धान्तिक ज्ञान सिकाइन्छ । आफ्नो क्षेत्रको कामसँग सम्बन्धित रहेर अध्ययन गर्नुपर्ने हुन्छ । जसले विद्यार्थीको चेतना स्तरमा वृद्धि मात्र होइन नयाँ चिन्तनको विकास समेत गराउँछ । यसकारण विद्यार्थीहरू अध्ययनका लागि आकर्षित हुने गरेका छन् । आइटी, व्यवस्थापन, मानविकी र नर्सिङ अध्ययनका लागि विद्यार्थीहरू अस्ट्रेलिया अध्ययनका लागि जाने गरेका छन् ।

विद्यार्थीहरूको कोर्स, अफिसियल डकुमेन्ट,अभिभावकसँगको सहकार्य लगायतका काम काजहरु मेट्सको नेपालमा भएको कार्यालयबाट हेरिन्छ भने त्यहाँको विश्वविद्यालयमा विद्यार्थीहरूको अध्ययनको चाँजोपाँजो अस्ट्रेलियाको अफिसले सम्हाल्ने गर्छ । जसले गर्दा विद्यार्थीले दोहोरो सुविधा उपभोग गर्न पाएका छन् । विद्यार्थीहरूलाई आइपर्ने कोर्ससँग सम्बन्धित विषयगत अध्ययनलगायत सबै समस्याहरूको समाधान भने दुवैतर्फबाट गर्ने गरेका छौँ । मेट्सले मुख्यगरि अस्ट्रेलियाकै अध्ययनका लागि विद्यार्थी पठाउँने गरे पनि पछिल्लो समय विद्यार्थीहरूको आकर्षक न्युजिल्याण्डतर्फ पनि बढेकाले त्यसतर्फ अध्ययनका लागि जाने विद्यार्थीहरूलाई परामर्श दिँदै आएका छौँ ।

‘पोस्ट स्टडी पिरियड’
नेपालजस्तो विकासन्मुख देशबाट अस्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरू पारिवारिक आर्थिक स्थिति कमजोर भएर त्यसतर्फ अध्ययन लागि गन्तव्य बनाउँनु स्वभाविक पनि हो तर अष्ट्रेलियन सरकारले विद्यार्थीहरूलाई अध्ययनसँगै ‘पार्ट टाइम’ रोजगारी पनि गर्न पाउने सुविधा प्रदान गर्नु पनि यसको अर्काे मुख्य पाटो हो । उच्च तह हासिल गरेर त्यहाँ अध्ययन गर्न जाने विद्यार्थीहरूले post study work फ्रेबुअरीदेखि अक्टोबरसम्म गरी आठ महिनासम्म अध्ययन गर्नुपर्ने हुन्छ भने बाँकी चार महिना छुट्टीको व्यवस्था गरिएको छ । त्यो छुट्टीको समयमा सरकारले विद्यार्थीहरूलाई आफ्नो क्षमताअनुरुप रोजगारी पनि गर्न पाउँने व्यवस्था दिलाएको छ ।

यस सँगसँगै त्यहाँका सरकारले विद्यार्थीले राम्रोसँग अध्ययन गर्न सकेन भने अध्ययनमा रोक लगाउँन पनि सक्छ भने विद्यार्थीहरू ८० प्रतिशत कक्षामा उपस्थित भई अध्ययन गर्नैपर्ने हुन्छ । यसकारण विद्यार्थीहरू पैसा भन्दा पनि अध्ययनमै ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै, अस्ट्रेलियामा विद्यार्थीहरूलाई के पनि सहज छ भने,स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीलाई ‘पोस्ट स्टडी वर्क भिसा’ दिइन्छ । जसले विद्यार्थीहरूलाई थप अनुभव तथा ज्ञान प्रदान गर्छ । भविष्यमा विद्यार्थीहरू जुनसुकै देशमा गएपनि त्यो सिप ‘युटिलाइज’ गर्न सकोस भन्ने खातिर अष्ट्रेलियन सरकारले विद्यार्थीहरुका लागि यो व्यवस्था गरेको हो । अस्ट्रेलियामा यस्तो खालको व्यवहारिक र सैद्धान्तिक ज्ञान हासिल गरेर नेपाल फर्किएका त्यस्ता विद्यार्थीहरूले आफ्नो करिअर सजिलै उचाइमा पुर्याएका छन् । जसले देश विकासमा अर्काे टेवा पुर्याएको छ ।

बाधा अड्चन
विद्यार्थीहरूले आफूले कुन विषयमा अध्ययन गर्न त्यहाँ जान लागेको हो त्यो पहिल्याउँनु नै जरुरी देखिन्छ । र, सोही अनुरूप अध्ययन तथा अनुसन्धान गरेर मात्र त्यस देशमा अध्ययन गर्न जाँदा कठिनाइ कम हुन्छ । तर, केही विद्यार्थीहरूले भने अध्ययन र पेसा छुट्टाछुट्टै अंगालेको पनि देखियो,जसले पछि बाधा अड्चन आइपर्न सक्छ । त्यसैले आफ्नो अध्ययनअनुरुपकै पेसा अंगाल्दा सजिलो हुन्छ । पैसा बरु थोरै होस् तर त्यसले दोब्बर सिपको विकास गर्न सकोस् । उखानै छ नि ‘तितो पछिको मीठो नै बेस हुन्छ’ । मेट्सबाट अध्ययनका लागि धेरै विद्यर्थीहरु अस्ट्रेलियाको विद्यालयमा अध्ययन गर्न पुगेका छन् । स्वदेश फर्कन चाहने विद्यार्थीहरूले त्यहाँ सिकिएको व्यवहारिक ज्ञान आफ्नो देशमा प्रयोग गर्ने गरेका छन् ।

विद्यार्थीको प्राथमिकता
अध्ययनका लागि पहिलोचोटी विदेश जाने विद्यार्थीलाई सुरुका दिनमा अनौठो महसुस हुनु सामान्य नै हो । किनकि त्यहाँको वातावरणसँग तत्काल घुलमिल भइदैन । जहाँ गएपनि पहिलो कुरा त्यहाँको भाषा,धर्म, संस्कृति, रीतिरिवाज, चालचन नै थाहा पाउँनु प्राथमिक कुरा हो । सानो–सानो कुरामा पनि समस्या आउँन सक्छ । पहिलो अध्ययन र त्यहाँका नीति नियमबारे अनभिज्ञ हुँदा समस्या उत्पन्न हुन्छ । यहाँबाट बढी सैद्धान्तिक ज्ञान बटुलेर त्यहाँ गएका कयौँ विद्यार्थीलाई गाह्रो हुने नै भयो । तर, त्यहाँ गइसकेपछि विद्यार्थीले आफूले आफूलाई त्यहाँको वातावरणमा घुलमिल गर्न सक्छ भने केही समय मात्र समस्या हुने हो । अध्ययन जानुपूर्व विद्यार्थीले त्यहाँको बारेमा अध्ययन गरेर जाने हो भने खासै वा साना–साना समस्या खेप्नु पर्दैन ।

सरकारको पहलकदमी
अस्ट्रेलिया र न्युजिल्याण्ड छिमेकी राष्ट्र हुन् । भौगोलिक हिसाबले न्युजिल्याण्ड अस्ट्रेलियाभन्दा ठुलो छ । तर, दुवैको अध्ययन शैली भने उस्तै छ । त्यहाँ गएर राम्रोसँग अध्ययन गर्ने जो विद्यार्थीलाई पनि भविष्य निर्माण गर्न असहज छैन । देशको राजनीतिक अवस्थाले दिक्क भएका विद्यार्थीहरू त्यसतर्फ आफ्नो गन्तव्य बनाउने केही होलान् । यसका लागि नेपाल सरकारले पनि विशेष पहलकदमी चाल्न जरुर छ । उल्लेख्य मात्रामा अध्ययन गर्न गएका विद्यार्थीहरू त्यतै सेटल हुने गरेका छन् भने केही सङ्ख्यामा स्वदेश फर्किएका छन् । त्यसैले राज्य पक्षबाट स्वदेशमै विद्यार्थीहरूको ‘भविष्य छ’भन्ने अनुभूति दिलाउन जरुर छ ।

अन्त्यमा
सूचनाको युग भएकाले जुनसुकै विद्यार्थीले गुगल सर्च गरेर आफ्नो क्षमता थप अभिबृद्धि गर्न सक्छ । अर्कातिर कुन विश्वविद्यालय र विषय पढ्ने भन्ने विद्यार्थीहरूलाई अहिले कुनै चिन्ता नै छैन । सजिलै वेवमार्फत् जानकार भइहाल्छन् । त्यसैले विदेश अध्ययनमा जानुपूर्व राम्रोसँग त्यस देशको बारेमा,शिक्षा प्रणाली,युनिभर्सिटी कोर्स तथा अध्ययन खर्चको लागत बारेमा अध्ययन गरेर मात्र निर्णय लिन विद्यार्थीहरूलाई आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *