कैलालीमा पनि शान्तीपुर्ण रुपमा मतदान जारी

बिष्णु जोशी

मंसिर २१, धनगढी । दोश्रो चरण अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन बिहीबार कैलाली मा सुरु भैसकेको छ । प्रदेश नम्बर ७ को कैलाली जिल्ला मा पाँचवटै निर्वाचन क्षेत्रमा शान्तिपुर्ण मतदान भइरहेको कैलालीका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्याल ले बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको बताए । आवश्यक सुरक्षा व्यवस्था मिलाइएको भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् ।
मत हाल्न जाने मतदाताको घरदेखि मतदान स्थलसम्म सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । निर्वाचन स्थलसंग मतदाता आउने–जाने बाटोमा समेत सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

‘मतदाताले घरबाट मतदान केन्द्रसम्म पुगेर निर्धक्कका साथ मत हाल्न पाउने गरि सुरक्षा व्यवस्था मिलाएका छौं ।’ उनले भने, ‘आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले उत्साहजनक रुपमा मतदानमा सहभागि हुन आममतदातालाई आह्वान गर्दछौं ।’ निर्वाचन सुरक्षाका लागि भारतसंगका नाकाहरु यसअघि नै बन्द गरिएको छ ।

मतदान केन्द्रको भित्रि सुरक्षामा नेपाल प्रहरी, त्यसभन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेना रहने गरी तीन घेरामा निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले  जनाएको छ । यसका साथै मतदाताले प्रयोग गर्ने बाटामा पनि सुरक्षाकर्मी परिचालन गरिनुका साथै नियमित गस्तीहरु भईरहेका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

मतदाताले आफूहरु मतदान गर्न आँतुर रहेको बताएका छन् । ‘नेपालको ईतिहासमा यो निर्वाचन ऐतिहासिक हो । त्यसैले पनि मतदान गर्न उत्साहित छु ।’ चौमालाका मतदाता गणेश बोहराले भने, जनप्रतिनिधि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि संविधान कार्यान्वयनका लागि संघीय संरचनाअनुसार पहिलो पटक स्थानीय निकायको निर्वाचन सम्पन्न भईसकेको छ भने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुन लागेको छ ।

संविधान कार्यान्वयनका लागि २०७४ साल माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र संघीय संसद् गरी तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान छ । तीन चरणमा स्थानीय तहको निर्वाचन हुनाका साथै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनले मूर्तरूप लिँदै छ ।

यस्तै यस क्षेत्रका अन्य शीर्ष नेताहरुले आ–आफ्नो क्षेत्रबाट मतदान गर्दै छन् । माओवादी प्रभावशाली नेता एवं गठबन्धनबाट कैलाली क्षेत्र नम्बर ४ मा प्रदेश सभा उम्मेदवार लेखराज भट्टले गृहनगर अत्तरियाबाट मतदान गर्दै छन् । उनले गोदावरी–१, अत्तरिया स्थित घण्टेश्वरी मावि मतदान केन्द्रबाट मतदान गरेका र्छन् ।

कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार काँग्रेस नेता रामजनम चौधरीले भने आफूलाई मत हाल्न पाउने छैनन् । उनले क्षेत्र नम्बर १ अन्तरगत जोशीपुरबाट मतदान गरेका छ्न । चौधरीले जोशीपुर गाउँपालिका–४, स्थित राष्ट्रिय मावि डहरबेरिया मतदान केन्द्रबाट मतदान गर्ने नेपाली काँग्रेस क्षेत्रीय समितिले जनाएको छ ।

कैलाली क्षेत्र नम्बर ३ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्वमन्त्री एवं माओवादी नेता गौरीशंकर चौधरीले बसौटी स्वास्थ्य चौकी मतदान केन्द्रबाट मतदान गर्ने छन् । कैलाली क्षेत्र नम्बर ५ मा काँग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवाले भने मतदान गर्न पाउने छैनन् ।

गृहजिल्ला डडेल्धुरामा मतदाता नामावलीमा नाम रहे पनि निर्वाचनको दिन यहीं रहने काँग्रेस कैलालीले जनाएको छ ।

३६ प्रतिनिधिका लागि १९२ जनाबीच प्रतिस्पर्धा हुँदैछ।
दोश्रो चरण अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन लागेका प्रदेश नम्बर ७ का ५ जिल्लामा ३६ जना जनप्रतिनिधि चयनका लागि १ सय ९२ जनाबीच प्रतिस्पर्धा हुँदैछ । तीमध्ये २४ जना महिला उम्मेदवार छन् । ५ जिल्लामा १२ जना प्रतिनिधि सभा सदस्यका लागि ८६ जना र २४ जना प्रदेश सभा सदस्यका लागि १ सय ६ जना चुनावी मैदानमा छन् । प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा १२÷१२ जना महिला उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् ।

प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये सबै भन्दा बढी ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य गरि १ सय २१ जनाबीच प्रतिस्पर्धा हुँदैछ । कैलालीमा ५ जना प्रतिनिधि सभा सदस्यका लागि ४३ जना र १० जना प्रदेश सभा सदस्यका लागि ७८ जनाबीच प्रतिस्पर्धा हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिए ।

कैलालीमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ ६÷६ जना महिला उम्मेदवार छन् । क्षेत्र नम्बर १ मा वाम गठबन्धन र काँग्रेसका दुवै महिला उम्मेदवारबीच प्रतिस्परधा हुदैछ। कैलालीमा ४ लाख ६० हजार ५ सय ८० मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । यीमध्ये २ लाख ३७ हजार ६३ महिला, २ लाख २३ हजार ५ सय ९ पुरुष र ८ जना तेस्रोलिंगी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *