गगनले मतदान गर्दै भने–बम आक्रमणबाट बिचलित भएको छैन

मंसिर २१, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौं जिल्ला क्षेत्र नं ४ स्थित मयुरकुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन् । थापाको मतदान परिचय पत्र हराएपछि उनी केहीवेर अन्यौलमा परेका थिए ।

मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले बम काण्ड आफ्नो जीवनको पहिलो नमिठो भोगाई भएको बताउँदै यतिसम्मको अमानविय तरिकाले बम राख्ने, आक्रमण गर्ने कार्य एकदमै नराम्रो भएको बताए । साथै उनले आफु यो घटनाले एकदमै दुःखी भएको सुनाए । थापाले यस्ता घटनाबाट कसैलाई विचलित नहुन पनि आग्रह गरे ।

उनले प्रतिष्पर्धीले आफुलाई विभिन्न लाञ्छना लगाएकोमा समेत दुःख ब्यक्त गरे । उनले आफु काठमाडौं क्षेत्र नं ४मा मात्र होईन, समग्र देश विकासका लागि लागिपरेकाले अत्तालिएर विपक्षी लाञ्छनामा उत्रिएको समेत आरोप लगाए ।
थापासँग वाम गठबन्धनका राजन भट्टराई प्रतिष्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *