कास्कीका ३ मतदान केन्द्रको कमाण्ड सम्हाल्दै महिला

एन एच पौडेल
मंसिर २१, पोखरा । दोस्रो चरण अन्तरगतको निर्वाचनमा कास्कीका तीन निर्वाचन केन्द्रमा महिलाले कमाण्ड सम्हालेका छन्। तीन मतदान स्थलका एक–एक केन्द्रमा मतदान प्रमुखसहित सबै कर्मचारीहरु महिला मात्रै रहेकाछन् । कास्कीको क्षेत्र नंम्वर तीन अन्र्तगतको प्रदेश ‘ख’को बाराही मावि मालेपाटनमा रहेको मतदान स्थलको ‘ख’ केन्द्र, क्षेत्र नम्वरं एक अन्र्तगतको अम्मरसिंह माविको प्रदेश ‘ख’ को ‘ख’ केन्द्र र क्षेत्र नं एक को विरौटास्थित पार्दी मावीको ‘ग’ केन्द्रको चुनावी नेतृत्व महिला कर्मचारीले मात्रै सम्हालेका छन् ।

क्षेत्र नम्वर २ अन्तरगत पर्ने पोखराको मुस्ताङचोकस्थित रहेको पार्दी माविमा रहेको ग केन्द्रको मतदान अधिकृतका जिम्मेवारी ईश्वरी ढकालले सम्हालेकी छन्। उनको कमाण्डमा आठ जना कर्मचारी र पाँच जना स्वयमंसेवक परिचालन भएका छन्।

त्यसैगरी कास्कीकोा क्षेत्र नम्वर १ अन्तरगत पर्ने अम्मरसिंह नमुना माविको ख केन्द्रको प्रमुखमा उच्च अदालत कास्कीको इजलाश अधिकृत देवी भण्डारी छन् । उनको मातहतमा स्वयम्सेवकसहित आठ जना कर्मचारी रहेका छन् । उक्त मतदान केन्द्रमा ६ सय २९ जना मतदाता रहेका छन्।

यस्तै कास्कीको केन्द्र नंम्वरको ३ को प्रदेश ख अन्र्तगतमा पर्ने बाराही माविमा रहेको मतदान केन्द्रको ‘क’ मा कृषि विकास बंैक क्षेत्रीय कार्यालय पोखाराकी शाखा अधिकृत कृष्ण कुमारी पौडेल निर्वाचन अधिकृतको रुपमा खटिएकी छन्। यस केन्द्रमा नौ सय २४ मतदाता रहेका छन् ।

महिलाले सम्हालेका मतदान केन्द्रलाई निर्वाचन आयोगले पनि विशेष रुपमा हेरेको छ । आयोगले यसलाई नमुना मतदान केन्द्रको रुपमा उल्लेखसमेत गरेको छ ।

क्षेत्र नम्वर २ अन्तरगत पर्ने पोखराको मुस्ताङचोकस्थित रहेको पार्दी माविमा रहेको ग केन्द्रको मतदान अधिकृत ईश्वरी ढकालले महिला सबै हिसाबले सक्षम छन भनेर देखाउने एउटा अवसर भएको बताइन्। ‘केन्द्र व्यवस्थापनका लागि आवस्यक पर्ने सम्पूर्ण काम अफैले गरेका छौं,अरु कसै संग सहयोगको याचना गरेका छैनौं’ उनले भनिन् । ‘हामी सबै हिसाबले सक्षम र योग्य छौं।’

दोश्रो चरणका निर्वाचनमा कास्की जिल्लामा एक सय ५० मदतान स्थलका लागि ३ सय १७ मतदान केन्द्र रहेका छन्। तिमध्ये तीन मतदान महिलाको कमाण्डमा रहेका छन् भने अन्य मतदान केन्द्र पुरुष कर्मचारीको जिम्मामा रहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *