पार्टी एकीकरण र सरकार गठनका विषयमा एमाले माओवादी छलफल हुँदै


काठमाडौं, पुस १२ । पार्टी एकता र अब बन्ने सरकारका विषउयमा वाम गठबन्धका नेताहरुबीच आज वार्ता हुने भएको छ । बिहान काठमाण्डौंमा हुने छलफलमा पार्टी एकता सरकार अघि वा पछि भन्नेमा साझा धारणा बनाइनेछ ।
बैठकमा यसअघि दोस्रो तहका नेताहरुले गरेको आन्तरिक तयारीलाई आधार मानेर भावी सरकारको नेतृत्व र पार्टीको जिम्मेवारीका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले आजको छलफलबाट प्रक्रियाको सुरुवात हुने जानकारी दिनुभयो । बैठक बस्ने ठाउँका विषयमा भने श्रेष्ठले टुङ्लो लाग्न बाँकी रहेको बताउनुभयो । अहिलेकेहिबेरमा सुरुमा दुवै अध्यक्षबीच छलफल हुनेछ ।
त्यसपछि एमाले र माओवादीका दोस्रो तहका नेताबीच छलफल हुनेछ । नचुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् ।
दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा फरक फरक धारणा सार्वजनिक भए पनि एकतालाई निष्कर्षमा पु¥याउन दुवै दलका नेताहरु बस्न लागेका हुन् । गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम निर्वाचन परिणाम घोषणा हुनै लाग्दा दुई दलबीच नयाँ सरकार गठन र पार्टी एकताको प्रक्रिया शुरु भएको हो
