मतदानपछि नेता शेखर कोइरालाको भन्छन्

बिराटनगर, मंसिर २१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अधिनायकवाद नेपालमा सम्भव नभएको बताएका छन् । विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत गर्दै देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए ।

कोइरालाले भने, ‘लोकतन्त्रलाई विश्वास गरेर २००७ सालदेखि लागि लडेका हुन् नेपाली जनता त्यसकारण अधिनायकवाद सम्भवै छैन नेपालमा ।’ संविधान जारी भएपछि पहिलो पटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने कोइरालाले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *