मतदानका लागि तयारी पुरा, केहीबेरमै मतदान सुरू हुँदै

मंसिर २१, काठमाडौं । आज केहीबेर पछि देशका ४५ जिल्लामा मतदान हुँदैछ । चिसो बिहानीमै धेरै मतदाताहरु मतदानस्थलसम्म पुगिसकेका छन् । वातावरण शान्त देखिएको छ । मतदानमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरुले मतदानका लागि तयारी गरिरहेका छन् । मतदान केन्द्रमा मतदाताहरुको लाईन लाग्न सुरु भइसकेको छ। विहानैबाट मतदान गर्न मतदाता उत्साहित देखिएका छन् ।

काठमाडौंमा अन्य दिनको जस्तो बिहान सवेरैबाट गाडीको घुँईंचो छैन । प्रहरी, प्रेस, उम्मेदवार लगायतका गाडी फाट्टफुट्ट चलेका छन् । ४५ जिल्लाका प्रतिनिधिसभा १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ हजार ६ सय ६६ तथा प्रदेशसभा सदस्यका लागि २ हजार ८ सय १९ गरी ४ हजार ४ सय ८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि ५ हजार ८ सय ३८ जना प्रतिस्पर्धामा छन् । भोलि हुने निर्वाचनमा ४५ जिल्लाका १ करोड २२ लाख ३९ हजार ९ सय ९३ मतदाता सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *