प्रधानमन्त्रीद्वारा द्रुतमार्ग शिलान्यास, ४ वर्षभित्र निर्माण गर्ने लक्ष्य


मकालु खबर, काठमाडौँ
काठमाडौँ तराई जोड्ने बहुप्रशिक्षित द्रुतमार्ग शिलान्यास गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ तराई जोड्ने द्रुतमार्गको आज बाराको निजगढमा शिलान्यास गरेका हुन् । राष्ट्रिय गौरवको महत्त्व बोेकेको फास्ट ट्रयाक शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले द्रुतमार्ग निर्माणपछि तराई–मधेस, पहाड र हिमालमा बसोबास गर्ने जनताको मन र भावनाको दुरी घटाउने सहयोग पुग्ने बताए । उनले नेपाली सेनालाई फास्ट ट्रयाक समयमा नै सम्पन्न गर्न आग्रह गर्दैे आयोजना समयमा नै सम्पन्न भएपछि देश विकासमा कोषेढुङ्गा हुने बताए ।
आयोजना समयमा सम्पन्न गर्नका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ । यो आयोजना निर्माणसँगै तराई, मधेस, हिमाल र पहाडको भावनालाई जोड्ने यस मार्गले नेपालको आर्थिकलगायत बृहत्तर विकासमा योगदान पुर्याउनेछ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने यो सडक निर्माणलाई नेपाली सेनाले गौरव र चुनौतीका रूपमा लिएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने सडक निर्माणबाट काठमाडौँ उपत्यकामा पुग्ने सडक सञ्जालको दूरी घटाउने, ढुवानीलाई छिटोछरितो बनाउनेछ । फास्ट ट्रयाक निजगढदेखि काठमाडौँसम्मको दूरी एक घन्टामा पूरा हुनेछ । जसको लम्बाई ७६.२ किमीको हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =