शिवपुजनको उम्मेदवारी खारेजी सर्वोच्चबाट सदर

मंसिर २०, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।

यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मंसिर ११ गते उम्मेदवारी खारेज गरेको थियो ।यादव सर्लाही निर्वाचन क्षेत्र नं ४ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार थिए । सो उम्मेदवारी खारेजीका विरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले यही मंसिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

मंगलबार न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आयोगको निर्णयविरुद्ध यादवको मुद्दामा कारण देखाउ आदेश जारी गरी छलफलका लागि आजलाई बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *