काठमाडौंमा निर्वाचनको तयारी पूरा

मंसिर २०, काठमाडौं । सबैभन्दा धेरै मतदाता भएको काठमाडौं जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको हो । मतदान केन्द्रका लागि आवश्यक्त व्यवस्थापनको काम सम्पन्न भईसकेको काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक स्कुलमा रहेको मतदान केन्द्रका मतदान अधिकृत दिपक अधिकारीले जानकारी दिए ।

यो मतदान केन्द्रमा ३ वटा बुथको व्यवस्था गरिएको छ । सुरक्षाका लागि मतदान स्थल वरपर सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । विहिबार बिहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म मतदान हुँदैछ ।

निर्वाचन आयोगले दिएको निर्देशन अनुसार सबै मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरणको काम पनि भईरहेको छ । मतदान केन्द्रले गर्ने सबै कामको तयारीमा जुटिएका मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेका मतदान केन्द्रका मतदान अधिकृत आनन्दराज पन्तले जानकारी दिए । सबै मतदान केन्द्रमा बुधबार साँझसम्म मतदाता परिचय पत्र वितरणको काम सम्पन्न गर्ने व्यवस्था गरिएको छ ।

मतदानका लागि आवश्यक सबै व्यवस्थापकीय काम सम्पन्न गरिएको सम्भवी माध्यामिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए । मतदातालाई सहज हुने गरी मतदान स्थल निर्माण गरिएको दावी पनि गरिएको छ ।

काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा ६ लाख ३० हजार ४ सय ६० जना मतदाता रहेका छन । ७ सय ३१ वटा मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था गरिएको छ । काठमाडौंमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न हुने गरी उच्च सुरक्षा सतर्कता पनि अपनाइएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *