आज राति १२ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक

मंसिर २०, काठमाडौं । बिहीबार हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा अत्यावश्यक बाहेकका अन्य सवारीसाधन नचलाउन गृह मन्त्रालयले सूचना जारी गरेको छ । निर्वाचनको दिनमा सुरक्षालाई ध्यानमा राखी बुधबार राति १२ बजेदेखि बिहीबार बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

गृह मन्त्रालयले सूचना जारी गरी मतदानका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार नै गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ । मतदानका दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधन भने चलाउन पाइनेछ ।

यस्तै, अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्वुलेन्स, दमकल, खानेपानी, शववाहन, दूरसञ्चार तथा दूध ढुवानीलगायत सवारीसाधन पनि चल्न पाउनेछन् । मतदान सकिएपछि साँझ ७ बजेटबाट भने सबै सवारीसाधन चलाउन पाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *