मौन अवधिमा पैसा बाँड्न खोजेको आरोपमा लखेटिए महतो

मंसिर २०, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो मयरातमा जनकपुरमा लखेटिएका छन् । धनुषा क्षेत्र नं ३ का उम्मेदवार महतोलाईको टोली कांग्रेस कार्यकर्ताबाट लखेटिएको हुन् । उनलाई कांग्रेस कार्यकर्ताले पैसा बाँड्न आएको आरोप लगाउँदै लखेटेका हुन् ।

मौन अवधिको समयमा राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका महतोसहितका कार्यकर्ता मध्यरातमा जनकपुरको देबीचोकमा भेटिएपछि लखेटिएका हुन् । कांग्रेस स्थानीय नेता जीवनाथ चौधरीले मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाड्न महतोलगायतको टोली गएको आरोप लगाए ।

राजपाका जिल्ला अध्यक्ष सञ्जय चौधरीले भने राती साढे ११ बजे रामानन्द चोकमा खाना खान जाँदा एकाएक कांग्रेस कार्यकर्ताबाट आक्रमणको प्रयास भएको बताए । उनले कांग्रेस कार्यकर्ताको आक्रमणबाट महतो जोगिएपनि गाडीमा भने क्षति पुगेको दाबी गरे ।

धनुषा–३ मा महतो र कांग्रेसका विमलेन्द्र निधिबीच प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुबै हेभिवेट नेता भएकाले कसको पक्षमा नतिजा आउने हो भनि सर्वत्र चासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *