ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

२०७४ जेठ १५ गते

“
मंसिर २०, चितवन । चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना६ख ९७३१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७७प ४२६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब ३२ वर्षीय महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनको शवपरीक्षणका लागि अस्पतालमै राखिएको छ । दुर्घटनाका ट्रक र त्यसका चालक इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिईएको चितवन प्रहरीले जानकारी दिएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित