इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित

२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १२ । च्याम्पियन चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा च्याम्पियन चेल्सीले एभर्टनलाई २–० ले हराएको हो । चेल्सीको जितमा सेस फाब्रिगास र अल्भारो मोराटाले गोल गरे । दुवै गोल पहिलो हाफमा नै भएको हो । फाब्रिगासले २७ तथा मोराटाले ४० औं मिनेटमा गोल गरे ।
तीन खेलमा दोस्रो जित निकालेको चेल्सीको ६ अंक भएको छ । एभर्टनको भने चार अंक छ । अरु खेलमा वेष्ट ब्रोम र स्टोक सिटी तथा टोटनह्याम र बर्नलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित