सप्तरीमा उम्मेदवार सहमुद मियाँ र मण्डलमाथि छुरा प्रहार

सप्तरी, मंसिर १९ ।  सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार भएको छ । नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मोहमद सहमुद मियाँ र नेता विनोद मण्डलमाथि सोमबार राति झण्डै ९ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

मोहमद सहमुल अलि सप्तरी क्षेत्र नम्बर ४ ख मा प्रदेश सभा सदस्य उम्मेदवार हुनुहुन्छ । सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार स ५ प १९४२ नम्बरको मोटरसाइकलमा आएको नचिनेका मानिसको समूहले छुरा हानेका हुन् ।

छुरा लागेर गम्भीर घाइते भएका दुवैजनाको राजविराजमा नै उपचार भइरहेको छ । बलान बिहुल गाउँपालिकाको बिहुल नदी नजिक उहाँहरुमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *