चितवन ईक्यानमा भानु खरेल


पुस २३, चितवन । नेपाल शैक्षिक परामर्श संघ ईक्यान (चितवन) मा शैक्षिक परामर्श ब्यवसायी भानु खरेल आएका छन् । आज चितवनमा भएको जिल्ला निर्वाचनबाट प्रतिष्पर्धी उम्मेद्वार हिम्मत पुरीलाई पराजित गर्दै खरेल विजयी भएका हुन् ।

उनीहरु निवर्तमान कार्य समितिमा उपाध्यक्ष र सचिव थिए । समितिको उपाध्यक्षमा सुवास गौतम निर्वाचित भएका छन् । सचिवमा रविन केसी, कोषाध्यक्षमा सुदिप भट्टराई निर्वाचित भएको इक्यान केन्द्रिय कार्य समितिका प्रथम सचिव देविदास भट्टराईले जानकारी गराए ।
समितिको सदस्यहरुमा कृष्ण कंडेल, प्रकाश रिजाल, राज डल्लाकोटी र सुलभ रिजाल निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित अध्यक्ष खरेलले चितवनमा शैक्षिक परामर्श ब्यवसायलाई ब्यवसायीक र मर्यादित बनाउँदै ब्यवस्थित गर्न लागि पर्ने बताए । उनले विदेश पढ्न जाने अधिकतम विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्राप्तिका लागि पहल गर्ने, इक्यानलाई संगठित र बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे ।

निर्वाचनमा इक्यान केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे, द्वितिय उपाध्यक्ष निरज सिटौला, महासचिव सन्तोष प्याकूरेल, तृतिय उपाध्यक्ष विष्णुहरी पाण्डे, प्रथम सचिव देविदास भट्टराई लगायत अन्य पदाधिकारीको समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *