शान्तिको कामना गर्दै एक वृद्ध विश्व भ्रमणमा

२०७४ जेठ १५ गते

काठमाडौँ । शान्तिको कामना गर्दै एक वृद्ध विश्व भ्रमणमा निस्कनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका– ८ का ७३ वर्षीय दुर्गाबहादुर थापा गत वैशाख १ गतेबाट विश्व भ्रमणमा निस्कनुभएको हो । सार्वजनिक यातायातको साधन प्रयोग गरी भारत हुँदै दक्षिण एसियाका विभिन्न देश भएर यूरोप र अमेरिका पुग्ने उहाँको योजना रहेको छ ।
“विश्वमा व्याप्त अन्याय, अत्याचार र अशान्तिको अन्त्य होस भनेर भ्रमणमा निस्केको हुँ,” थापाले भ्रमणको उद्देश्य बारे भन्नुभयो । नेपाली सेनाबाट सेवा निवृत्त थापा नेपालको राष्ट्रिय झन्डा बोकेर विश्व भ्रमणमा निस्कनुभएको हो । उहाँले यात्रालाई सफल पार्न राष्ट्रिय वाणिज्य वैंक लगनखेल, ललितपुरको खाता नं ११२००२४५५११० मा आर्थिक सहयोगका लागि अनुरोध समेत गर्नुभएको छ । रासस

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित