बंगलादेशका राज्यमन्त्री सिंगद्वारा बुद्ध पूजा

मंसिर १८, काठमाडौं । बंगलादेशका चित्तगाउँ पर्वतीय भूभाग मामिला राज्य मन्त्री वीर बहादुर यु स्वे सिंगले सोमबार नःघलस्थित धर्मकीर्ति विहारमा बुद्ध पूजा गरे । सो अवसरमा उहाँले नेपाल र बंगलादेशबीच सुमधुर सम्बन्ध रहिआएको र द्विपक्षीय सम्बन्ध अभिवृद्धिमा बुद्ध धर्म एक महत्वपूर्ण माध्यम बन्न सक्ने बताए ।

धर्मकीर्ति विहारका प्रमुख अनगारिका धम्मवतीले नेपाल र बंगलादेश दुबै मुलुकमा शान्ति र स्थिरता बनिरहोस् भनी कामना गरे । बंगलादेशी राज्यमन्त्री सिंगलाई धर्मकीर्ति विहार संरक्षण कोषका तर्फबाट उपाध्यक्ष द्रव्यमानसिंह तुलाधरले ‘सम्झनाको चिनो’ प्रदान गरेका थिए । उनी हिन्दकुश हिमालयबारेको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा काठमाडौँमा छन् ।

बुद्ध पूजामा नेपालका लागि बंगलादेशका राजदूत माश्फी बिन्ते शाम्स पनि सरिक थिए । बंगलादेशमा १२ लाख भन्दा बढी बौद्धहरुको जनसंख्या रहेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *