विराटनगर जूट मिल फेरी संचालनको तयारीमा


कात्तिक २६, काठमाडौं । नेपालको राजनैतिक इतिहास जोडिएको मुलुककै पहिलो उद्योग विराटनगर जूट मिल बन्द अवस्थामा छ । सरकारले पटक– पटक चलाउने प्रयास गरेपनि सफल हुन नसकेपछि विस १९९३ सालमा स्थापना भएको उद्योग उठ्नै नसक्ने गरी धरासायी भएको छ ।
तर, यो उधोग फेरी सञ्चालनमा ल्याउने तयारी भएको विराटनगर जूट मिल लिमिटेडका अध्यक्ष बसन्त वनले जानकारी दिएका छन् । मंसिरको पहिलो हप्ताभित्र उद्योग संचालन गर्ने तयारी भएको वनले बताए ।
सुरुमा दैनिक १० टन जुट उत्पादन गर्ने र केही समयपछि २० टन उत्पादन गर्ने लक्ष्य लिएको पनि वन बताउँछन् । लक्ष्य अनुसार काम हुने हो भने जूट मिल वर्षको २८ करोड मुनाफा दिन सफल हुने उनको दावी छ ।
वनका अनुसार अहिले ७० जना जनशक्ति छन्न् । २० टन उत्पादन सुरु गर्ने बेलामा १३ सय कामदार चाहिन्छ । ४५ टन प्रतिदिन उत्पादन गर्न ३ हजारभन्दा बढीले रोजगारी पाउँछन् । यतिबेला सो मिलको मेशिनहरुको मर्मत कार्य भइरहेको र आगामि मंसिर महिनाबाटै मिल सञ्चालनमा आउने जनाइएको छ ।
पुर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोईराला र मनमोहन अधिकारीको राजनीति जोडिएको विराटनगर जूट मिलका मजदुरहरुले राणा शासन अन्त गर्न महत्वपुर्ण भुमिका खेलेका थिए ।
