शान्ति र संवृद्धिका लागि बाम गठबन्धनको सरकारः नेतृ ‘चौधरी’

मङ्सिर १८, सुनसरी । जनताका आधारभूत आवश्यक्ता पुरा गर्न र देशलाई शान्ति र संवृद्धि तर्फ डोर्याउन बाम गठबन्धनको बहुमतको सरकार आवश्यक रहेको नेतृ भगवती चौधरीले बताउनु भएको छ । बाम गठबन्धन सुनसरी क्षेत्र नंं.३ ले इटहरीमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै लोकतन्त्रको रक्षा नयाँ नेपाल निर्माणका लागि पनि नेकपा एमाले सहित बाम गठबन्धनको सरकार आवश्यक रहेको औल्याउँदै त्यही भएर नेकपा एमाले र माओवादी केन्द्रविच एकिकरण थालिएको बताउनु भयो ।

चुनावी सभालाई सम्बोधन गर्दै सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा निर्वाचन उम्मेदवार चौधरीले विगतमा एउटै खाले विकास पद्धति र एकल व्यक्ति हाबी हुँदा जनजिविका काम समेत हुन नसकेको जिकिर गर्नुभयो । ‘२६ वर्षसम्म एकैखाले विकास र एउटै व्यक्तिको हालि मुहालीले यो क्षेत्रको विकास हुन नसकेको हो । अब जनताले कुर्सीका लागि मात्र राजनीति गर्नेहरुलाई समाप्त गर्नुपर्ने बेला आएको छ ।’ उहाँले भन्नु भयो ।

नेतृ चौधरीले नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार विजयकुमार गच्छदारलाई इङिगत गर्दै सत्ताका लागि मात्र राजनीति गर्नेले जनताको सुख दुखःमा साथ दिन नसक्ने बताउनु भयो । ‘२६ वर्षदेखि शासन सत्तामा रहेर पनि आफ्नै घर अघिल्तिरका जनतालाई ‘टुकी मुनिको अध्यारो’ बनाउँदा जनताकै लागि राजनीति रहेको रहेछ रहेनछ भन्ने प्रस्ट भएको छ ।’ उहाँले भन्नु भयो । साथै चौधरीले मङ्सिर २१ गते सुनसरी क्षेत्र नं. ३ का जनताले परिवर्तन गर्ने दाबी गर्नुभयो । वर्षौदेखि विकासको सपना देखेर बसेका जनतालाई संबृद्धिकोपथमा लैजानु आफ्नो पहिलो काम रहने चौधरीको भनाई थियो । उहाँले आफूले जितेर गएको अवस्थामा सुनसरी ३ लाई देशकै उत्कृष्ठ क्षेत्रको रूपमा विकास गर्ने जिकिर गर्नुभयो ।

जनसभामा बोल्दै सुनसरी क्षेत्र नं. २ का प्रदेशसभा (क)का उम्मेदवार सर्वध्वज साँवाले इहटरीलाई प्रदेशको राजधानी बनाउन तथा इटहरीको सर्वाङ्गिण विकासमा आफू सदैव लागि पर्ने बताउनु भयो । सुनसरी–३ का प्रदेश सभा (क) का उम्मेदवार लिलम बस्नेतले मङ्सिर २१ गतेपछि देशमा बाम गठबन्धनको सरकार निर्माण हुने भन्दै अब विकास र संवृद्धि पनि बाम गठबन्धनकै सरकारले गर्ने बताउनु भयो । कार्यक्रममा सुनसरी क्षेत्र नं. २ र ३ का हज्जारौं जनताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

निर्वाचन आयोगका अनुसार आजराती १२ बजेबाट मौन अवधि सुरु हुने भएपछि उम्मेद्वारहरुलाई भ्याई नभ्याई छ । आजै सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरी, प्रदेशसभा (क) उम्मेदवार लिलम बस्नेत, परास्टोकी, भमरी जस्ता स्थानहरुमा घरदैलो गरेका छन् । परास्टोकी १ मा विभिन्न पार्टी परित्याग गरी करिब दुई दर्जन युवाहरू एमालेमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *