घाईते उम्मेदवार कार्कीले अस्पतालबाटै यस्तो भने-

मंसिर १८, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा उदयपुर क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीले महाराजगञ्जस्थित शिक्षण अस्पतालको शैयाबाट शान्ति, समृद्धि, लोकतन्त्रको संरक्षण, संविधानको कार्यान्वयन र विकासको लागि नेपाली कांग्रेसलाई मत दिन अपील गरेका छन् ।

निर्वाचन प्रचारको क्रममा रहेका उमेदवार कार्कीलाई लक्षित गरी मंसिर १३ गते उदयपुरको गढी गापा वडा नं। ६ मा प्रहार गरेको बम विष्फोटमा परी घाइते भएका उमेदवार कार्की कार्की शिक्षण अस्पतालमा उपचाररत छन् ।

बम प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।  उनको अनुहार र खुट्टामा गहिरो चोट लागेको छ । उनको उपचारमा संलग्न डाक्टर रोहित पोख्रेलका अनुसार उनको दाहिने खुट्टाको नलीहड्डी र खुट्टा भाँचिएको छ । छाला पोलिएको छ । बायाँ खुट्टाको कुर्कुच्चा भाँचिएको छ । दायाँ हातमा चोट लागेको छ । रगत कम छ । उहाँलाई क्रिटिकल टिमले हेरिरहेको छ ।”

निर्वाचन उत्कर्षमा पुग्न लागेको बेलामा घाइते भएर अस्पतालमा रहेका कार्कीले आफू मतदाताको घरदैलोमा जाने क्रममा आततायीहरुको आक्रमणमा परेर अस्पतालमा बस्न परेको उल्लेख गर्दै आम नेपालीको शान्ति, विकास र समृद्धिको सपनालाई साकार पार्न मंसिर २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी अत्यधिक बहुमतले जिताउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *